Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

नगवा १६ मा बाम गठबन्धनको निर्वाचन सम्पर्क कार्यालय स्थापना



bam-office-on-nagawa-16
शम्भु गुप्ता
७ पर्सा, मंसिर । बाम गठबन्धनले पर्सा क्षेत्र नम्बर एकको वडा नम्बर १६ को निर्वाचन सम्पर्क कार्यलय एक कार्यक्रमको विच नगवामा उदघाटन गरेको छ ।

पर्सा क्षेत्र नम्बर १ को (ख) का प्रदेश सभाका उम्मेदवार शम्भु गुप्ताले सम्पर्क कार्यालयको उदघाटन गर्दै मधेश आन्दोलनमा दर्जनौँ व्यक्तिले बलिदानि दिएपनी पैसाको खोलो बगाउने व्यक्तिलाई उम्मेदवार बनाएको प्रति आपति जनाउनु भएको थियो । उनले जनताले मधेश आन्दोलनबाट उपलब्धी के पायो त्यो बुझन जरुरी रहेको बताएका थिए । आन्दोलनमा लागेका व्यक्तिलाई भन्दा पैसाको चलखेलमा टिकटे पाएकाहरुलाई भोट नदिन आग्रह गरेका थिए ।

यसैगरी कवडी संघ नेपालका केन्द्रिय अध्यक्ष शिवजि गुप्ताले बाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधि सभाका उम्मेदवार विचारी यादवको विचार र उनले विग्तमा गरेको कामको मुल्यांकन गरेर विचारी जि लाई भोट दिन आग्रह गरेका थिए । कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य बाल गोपाल थापा, केन्द्रिय प्रचार विभाग सदस्य अरविन्द गुप्ता, प्रदेश सभा समानुपातिकका उम्मेदवार दिना शर्मा, नेता अनवर अलि, महमुद अंसारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम चुनवा प्रचार समितिका संयोजनक रामाधार चौरसियाको सभापतित्वमा समपन्न भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा