
प्रदेशी र घरदेशीको कथामा आधारित हृदय बिदारक कारूणिक मर्म स्पर्शी गीत लैदे खबर चरी चर्चित गायीका देबी घर्ती मगर र जीतन श्रेष्ठको प्रस्तुतिमा बजारमा आएको छ । मौलिकतामा कलम चलाउन रमाउने उनै कुशल सर्जक तथा गायक खेम पुनको शब्द संगितमा तयार भएको उक्त गीतमा बहुचर्चित गायिका देबी घर्ती मगर र गायक जीतनको आवाज रहेको छ । शब्द र संगीतको भावमा डुबेर गीतको मर्म नमर्ने गरीसंगीतको संयोजन बिनोद बाजुरालीले गरेका छन ।
छायांकार दुर्गा पौडेलले निर्देशन गरेको यो गीतमा चर्चित मोडेल द्वय रन्जिता गुरुंग र महेन्द्र गौतमको अभिनयले गीतलाई पुर्णता दिएको छ । आशिस म्यूजिक प्रा.लि मार्फत बजारमा आएको जुन गीत म्यूजिक नेपालको यूट्यूब च्यानल बाट प्रकाशन भएको छ । कोरियालाई आफ्नो कर्मभूमि बनाएर बसेका गायक जीतन ले यस अघी आधा दर्जन बढी गीत बजारमा पस्किसकेका छन् ।