back

गायक सुनारको “कोमल मन” बजारमा

वि.सं.२०७४ मंसिर ७ बिहीवार

162 

shares
NTC AD
Global IME AD

komal-man

राजु बोहरा–काठमाडौँ । धादिंग जिल्लामा जन्मिएका गायक हरी सुनारको निकै मर्मस्पर्सी लोक दोहोरी गीत “कोमल मन” लाई हालै भावाना म्युजिक सोलुसन प्रालिले सर्बत्र बजारमा उपलब्ध गराएको छ । बिशेषगरी लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा उनपढ कलाकार हुन्छन् भन्ने पश्चिमी संगीत प्रेमीहरुको टिका टिप्पणी बेला बखत सुन्न सकिन्छ तर हरी आफ्नो अध्यनको डिग्री यात्रा संगै हाल पल्स टु को क्षिक्षण पेशा पनि सम्हाली रहेका छन् । साथै एक एन जी ओ मा समेत आफ्नो दैनिकीलाई अगाडी बढाइरहेका हरी सुनारको यस नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आगमनले पनि यो अड्कल काट्न सकिन्छ कि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा धेरै पढे लेखेका कलाकारहरुको बाहुल्यता छ ।

गायक हरी भन्छन् पश्चिमी संस्कृतिले छोपेको हाम्रो सांगीतिक क्षेत्रमा हामी जस्ता सचेत नागरिकहरु कुनै वडार मै सिमित हुने हो भने भोलि हाम्रो लोक गीतको पहिचान हामीले अन्य कुनै बेदिशीहरु संग बुझ्न बाध्य हुनेछौं । त्यसैले आफ्नै कला संस्कृति र मौलिकताले भरिपुर्ण मैले यो “कोमल मन” बोलको गीत लिएर आएको हुँ । प्रस्तुत गीतमा हरी सुनार र अहिलेकी बहुचर्चित गायिका देबी घर्तीको सुमधुर स्वर सुन्न सकिन्छ भने यस गीतलाई लय धुर्ब राजा धितालले तयार पारेका छन् । त्यसैगरी नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय यता देखि समर्पित धादिंग जिल्ला मा नै जन्मिएका अर्का होनाहार कलाकार प्रदिप अधिकारीले यस गीतको शब्द तयार पारेका छन् ।

पछिल्लो समयमा कुनै पनि गीत संगीत को पूर्ण आनन्द लिन मात्र कानको श्रवनले नपुगी आँखाको रमझम बाट पनि गीत संगीत रुचाइने गरिन्छ । त्यसैले अशंख्य दर्शकहरुलाई लक्षित गरेर यस गीतको म्युजिक भिडियो पनि निर्माण भैसकेको छ । भावना म्युजिक सुलुसन प्रालिले सार्बजनिक गरेको यस गीतको म्युजिक भिडियोमा मोडलिंग क्षेत्रका लागि निकै आशा लाग्दा कलाकार सालिग्राम सिलवाल र चर्चित मोडल सगुन शाहीको जिबन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन अमर शाक्यले गरेका छन् । हामी संगीत सरोबर डट कम को तर्फ बाट गायक हरु सुनारको लोक दोहोरी गीत “कोमल मन” को पर्न सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

वि.सं.२०७४ मंसिर ७ बिहीवार ०३:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र...

सत्य कथामा आधारित भनिएको  ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

सत्य कथामा आधारित भनिएको ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य...

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली...