Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

 विष्णुले ल्याए ‘एक्लो विजेता’



bishnu-ghimireजापानमा रहेका विष्णु घिमीरेको ‘एक्लो विजेता’ सार्वजनिक भएको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एसियाका सचिव तथा अनेसास जापान च्याप्टरका पूर्वअध्यक्ष समेत रहेका घिमीरेको पहिशलो साहित्यीक कृति ‘एक्लो विजेता’ सार्वजनिक गरिएको हो ।

नोभेम्बर १२ का दिन जापानको टोकियोमा आयोजित अनेसास ४२ औं साहित्य श्रृंखलामा घिमीरेको कविता संग्रह ‘एक्लो विजेता’, अनेसास जापानको ‘नेपाली डायस्पोरा’ का साथै हरि कल्पितको कथा संग्रह ‘आस्था’ एकैसाथ विमोचन गरिएको थियो ।

१०९ औं लक्ष्मी जयन्तीको सम्झना स्वरुप महाकवि लक्ष्मी प्रसाद देवकोटोका तस्बिरमा माल्यापर्ण गरि सुरुवात गरिएको उक्त साहित्य श्रृंखलामा घीमीरेको कविता संग्रह माथि अनेसास जापानका पूर्वअध्यक्ष बेलुकाजी थापाले टिप्पणी राखेका थिए ।

सोही अवसरमा प्रमुख अतिथि रहेका नेपाली दूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले नेपाली साहित्यलाई विश्वस्तरमा पु¥याउन जापान लगायत विभिन्न देशका भाषामा नेपाली साहित्यीक कृतिको अनुवाद गर्नुपर्ने बताउँदै आवस्यक सहयोग गर्न दूतावास तयार रहेको पनि बताएका थिए ।

कार्यक्रमका विशेष अतिथि अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल (माइला)ले नेपाली साहित्यलाई अन्तराष्ट्रियस्तरको बनाउन स्रष्टाहरुले श्रृजनाको गुणस्तरमा विशेष ध्यान दिनु पर्ने बताएका थिए ।

एनआरएनए एशिया प्यासिफिकका उपसंयोजक पारसमणि पोखरेल तथा जापानमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थििति रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौँ । आत्मदह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू