back

निर्वाचन विरोधि गतिविधिमा लागेको भन्दै स्वामी कमलनयनसहित पाँच पक्राउ

वि.सं.२०७४ मंसिर ८ शुक्रवार

585 

shares

८ मंसिर, सुरुङ्गा झापा । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट स्वामी कमलनयनसहित पाँचजनालाई विहिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्वामीसहित नेपाल राष्ट्रवादी संयुक्त मोर्चाका केन्द्रीय अध्यक्ष रामचन्द्र बाँनिया (क्षेत्री), महासचिव सुरेन्द्र कार्की, जिल्ला अध्यक्ष कृष्णप्रसाद चुडाल, उपाध्यक्ष महेन्द्र भट्टराई रहेका छन् ।

बिर्तामोडस्थित साई पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर चुनावमा आफूहरू सहभागी नहुने र चुनाव तत्काल स्थगन गर्न उनीहरूले माग गरेका थिए । पत्रकारसम्मेलन सकिएको केहीबेरमै उनीहरूलाई प्रहरीले सोही प्यालेसबाट प्रेस विज्ञप्ति, मोर्चाको घोषणापत्रसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये स्वामी कमलनयन मोर्चाका धार्मिक प्रवक्ता रहेको बताइएको छ ।

वि.सं.२०७४ मंसिर ८ शुक्रवार ०२:५१ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...