back

पाल्पाका उम्मेदवार हरि नेपालद्धारा प्राविधिक विश्वविद्यालय खोल्ने प्रतिबद्धता

वि.सं.२०७४ मंसिर ८ शुक्रवार

153 

shares
RBB AD
NTC AD

८ मंसिर पाल्पा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद नेपालले पाल्पामा प्राविधिक विश्वविद्यालय खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाली काँग्रेसबाट पाल्पा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेपालले विहिबार तानसेनको आन्दोलन चोकमा आयोजित चुनावी कार्यक्रममा उहाँले प्राविधिक विश्वविद्यालय स्थापना गरी सञ्चालनमा आए युवालाई स्वदेशमा नै रोजगारीको वातावरण सिर्जना गर्न सकिनेमा जोड दिनुभयो ।

प्राविधिक शिक्षाका लागि यस क्षेत्रका युवा जिल्ला तथा देश बाहिर नै अध्ययनका लागि जानुपर्ने बाध्यताबाट मुक्त हुन प्राविधिक शिक्षालयको आवश्यकता रहेको छ, उहाँले भन्नुभयो “युवालाई स्वदेशमा राख्नसमेत प्राविधिक विश्वविद्यालय स्थापनाको खाँचो छ । ”

पाल्पामा पश्चिम नेपालको शिक्षाको केन्द्रबिन्दु रहे पनि पछिल्ला वर्षमा प्राविधिक शिक्षाको अभाव रहेको छ । प्राविधिक विश्वविद्यालय सञ्चालन हुनसकेको स्थितिमा पाल्पामा फेरि शैक्षिक केन्द्रबिन्दु हुन सक्नेछ ।

कार्यक्रममा रोबोटले पाल्पामा क्षेत्र नं २ का हरिप्रसाद नेपाललाई हात जोडेर मत मागेपछि तानसेनमा हेर्नेको भीड लागेको थियो । रासस

वि.सं.२०७४ मंसिर ८ शुक्रवार ०२:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

घोराही (दाङ) । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला...

कर्णालीसहित तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

कर्णालीसहित तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...