Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

तनहुँमा ६४ थान हतियार बुझाइयो



 ८ मंसिर, दमौली, तनहुँ (रासस) : यही मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी तनहुँ जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेपछि ६४ थान हतियार संकलन भएको छ ।
हतियार राख्न इजाजत पाएका सर्वसाधारणले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकीमा ६४ थान भरुवा बन्दुक सहितका हतियार बुझाएका प्रहरीले जनाएको छ ।

कात्तिक मसान्तसम्ममा हतियार बुझाउन भनिए पनि बुझाउन ल्याउनेको हतियार यतिबेला पनि लिइरहेको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो ।

“बुझाइएका हातहतियार चुनावपछि फिर्ता गरिनेछ”– उहाँले भन्नुभयो, “अटेर गरी हातहतियार नबुझाउने र शंका लागि खोजतलासका बेला भेटिए त्यस्ता व्यक्तिलाई कानूनबमोजिम कारबाही गरिने छ । ”

स्थानीय तहको चुनावमा तनहुँमा बुझाइएका ७१ थान हतियार चुनाव सकिएपछि प्रहरीले सम्बन्धित धनीलाई नै फिर्ता गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठडमाडौँ  (हङकङ) । कोरोना महामारीका कारण करिब तीन वर्षदेखि बन्दप्रायः रहेको हङकङ र मकाउका

काठमाडौँ । श्रीलङ्का भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै

मुगु । गत असोजमा अविरल वर्षासँगै आएको बाढीपहिरो प्रभावित परिवारले राहत पाउँदा खुसी भएका

काठमाडौँ । कर्मचारी सञ्चय कोषले ऋण नतिरेको भन्दै ललितपुरको इमाडोलस्थित कोहिनुर हिल हाउजिङ प्रालिका

काठमाडौँ । बलि दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ ।