Logo
१६ मंसिर २०७८, बिहीबार
     Thu Dec 2 2021
E-paper
  English Edition
   Unicode
Logo

वादी समुदायका मतदाता भन्छन्–रोजगार र खाने व्यवस्था गर्नेलाई भोट



९ मंसिर, अछाम । मीठु वादी यस पटक प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा भोट नहाल्ने सोचमा हुनुहुन्छ ।

उहाँले लगातार संविधानसभा र २०७४ को स्थानीय तहको निर्वाचनमा भोट हाल्नु भयो तर अब यो चुनावमा भोट नहाल्ने मनसाय बनाउनुभएको छ । भोटले नेताका दिन फेरिएको तर आफ्ना दुःखका दिन उस्तै रहेको उहाँले गुनासो गर्नुभयो ।

“नेताले भोट माग्न आउने बेला सबै समस्या समाधान गर्ने आश्वासन मात्र दिएर जान्छन्,” उहाँले भन्नुभयो – “जितिसकेपछि अनुहारसम्म देखाउन आउँदैनन् । खेतीपाती गर्नलाई जग्गा जमिन छैन, किनेर खानलाई आम्दानी छैन । कक्षा १२ पढेको छोरालाई रोजगार दिने वाचा धेरै नेताले गरे, आशमात्र देखाएर भोट लगेर गए आफ्ना दुःख उस्तै छ ।”

मीठुका श्रीमान् रमेश वादी मादल र सुल्पा बनाएर घर खर्च जुटाउने गर्नुहुन्छ । “पहिलेको जस्तो मादल र सुल्पा बिक्री हँुदैन,” उहाँले भन्नुभयो “कहिलेकाहीँ विद्यालयबाट अर्डर आएपछि मात्र बनाउने गर्छु । यसले घर खर्च चलाउन मुस्किल नै पर्छ ।

उहाँले दुखेसो पोख्दै भन्नुभयो – “हाम्रा समस्या नेताले कहिल्यै बुझ्ने हैनन् । भोटका लागि मात्र हातखुट्टा जोडेर आफूलाई जिताउनु प¥यो भन्छन्, त्यसपछि फर्केर आउँदैनन् । हाम्रा भोटले नेता कहाँदेखि कहाँसम्म पुगिसके तर आफूजस्ता गरिब, पिछडिएका वर्गले राम्रोसँग खान पाउने दिन कहिले आउने हो ?”

तीन पटकसम्म नेकपा एमालेका उम्मेदवारलाई भोट हाल्नु भएका शान्ता वादीलाई पनि नेताको कुरामा विश्वास नै लाग्न छोडेको छ । रोजगार दिन्छाँै अब भोकै बस्नु पर्दैन भनेर पहिले पनि भोट माग्न आएको उहाँ सम्झनु हुन्छ । उहाँले भन्नुभयो – “अहिले पनि त्यही कुरा गर्दै नेता भोट माग्न आउँछन् तर यसपटक आफ्नो दुःख बुझ्ने नेतालाई भोट हाल्छु । आफूजस्ता नपढेकालाई सिलाइकटाइ तालीम र पढेकालाई रोजगार र खेतीपातीका लागि जमिन दिनेलाई भोट दिन्छु ।”

पढ्ने मन हुँदाहुँदै पनि आर्थिक समस्याका कारण बा¥ह कक्षापछि अध्ययन छाड्नुभएका चेतमान वादीको गुनासो पनि उस्तै छ । उहाँ भन्नुहुन्छ – “चुनावको बेला भोट माग्न हात जोड्दै आउँछन् । जितिसकेपछि हामीले नमस्कार गरे पनि देखे नदेखेझैँ गर्छन् । खाइ भोकै के छन् भनेर सोध्नसम्म आउँदैनन् ।”

“रोजगार दिने आश धेरै नेताले देखाएकाले जागिरका लागि धेरै ठाउँमा धेरै भौतारिएँ, नेताको भनसुन नलाग्दा रित्तो हात फर्किनुपरेको छ,” उहाँले भन्नुभयो । साफेबगर नगरपालिका–४ बूढीगंगा नदीको किनारमा दुई वादी परिवार बस्दै आएका छन् । यस पटक दुई परिवारबाट नौ जनाले भोट हाल्न पाउने छन् । उनीहरूले वर्षेनी वाढीको समस्या भोग्दै आएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले एक संचारमाध्यममा

प्रेम रौले । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी, हुद्दा र

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा