Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

डेण्टल क्लिनिक र औषधि पसलको  सेवा बन्द 



९ मंसिर, नेपालगञ्ज  । बजार अनुगमन टोलीले नवीकरण नगरी सञ्चालन गरिरहेकोे नेपालगञ्जका एक औषधि पसल र एक डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको छ ।

जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, औषधि व्यवस्था विभाग र प्रहरीसहितको अनुगमन टोलीले शुक्रबार गरेको बजार अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालन गरिरहेको पाइएकाले ती औषधि पसल र डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको हो । यहाँको बिपी चोकस्थित बिन्दवासिनी मेडिकल हल र बाँके डेन्टल क्लिनिकको कारोबार बन्द गरेको हो ।
अनुगमन टोलीले यहाँका अधिकांश औषधि पसल र क्लिनिकमा फारमेसिस्ट व्यवसायी नभई अन्य कर्मचारीले औषधि बेच्ने गरेको, औषधिको रेकर्ड नराखेको र नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको फेला पारेको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू