नायिका अनुष्का शर्मा र भारतीय त्रिकेट टिमका कप्तान विराट कोहली छिट्टै विवाह बन्धनमा बाँधिने कुरा भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरु आफ्नो विवाह डिसेम्बरमा गर्ने तयारीमा जुटेका छन् । सञ्चारमाध्यमका अनुसार विराटले अनुष्कालाई भव्य आलिसान घरमा भित्र्याउँदैछन् ।
नयाँ दिल्लीमा सामान्य घरमा रहँदै आएका विराटले मुम्बईमा घर बनाउँदैछन् । ५०० वर्गफलमा ८० करोडमा नयाँ घर बनाइँदै छ । घरभित्र सानदार बैडरुम, आयातित फर्निचरहरु प्रयोग गरिएका छन् भने विभिन्न खालका सुविधा सम्पन्न कोठाहरु निर्माण हुँदैछन् । विवाहपछि कोहलीले अनुष्कालाई यहि घरमा भित्र्याउँदैछन् ।