back

कतार प्रदेश नं १ को समन्वय समिति गठन

वि.सं.२०७४ मंसिर ९ शनिवार

183 

shares
NTC AD
Global IME AD

prades-no-1-qatar

विनोद भट्टराई, २४ नोभम्बर २०१७, दोहा कतार । नेपालमा नया संविधान निर्माण पश्चात भएको राज्य पुर्नसंरचनाको कार्यन्वयको क्रममा पहिलो पटक प्रदेश सभाको निर्वाचन हुनु केहि दिन अगाडि कतारमा प्रदेश स्तरिय संस्था स्थापना भएको छ । बिशेष गरी कतार स्थापित भई कतार र नेपालका आ–आफ्नो क्षेत्रमा उल्लेखनिय गतिविधिहरु गरिरहेका १ नं. प्रदेश अन्र्तगतका जिल्ला संस्थाहरुलाई समन्वय गर्ने उद्देश्यका साथ प्रदेश नं. १ समन्वय समिति गठन भएको छ ।

 प्रदेश १ नं. अन्र्तगतका जिल्ला संस्थाका प्रमुख, पुर्व प्रमुख, अग्रज तथा प्रतिनिधिहरुको भेलाले चुडामणी कार्की (झापा) को संयोजकत्वमा प्रकाश गुरुङ (खोटाङ) र रामसागर मेहता (सुनसरी) सह–संयोजक, टि. एन. बराल  (मोरङ) सदस्य-सचिव, गोपाल खतिवडा (ताप्लेजुङ) आर्थिक संयोजक एवं प्रदेश नं. १ का १४ वटा जिल्लाबाट १/१ जना प्रतिनिधिसदस्य रहने गरी १९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

उक्त समितिले विधान वा कार्यसम्पादन निर्देशिका बनाउने लगायतका आवाश्यक तयारी सम्पन्न गरी चाडै नै साधारण सभा आयोजना गर्ने छ । समितिलाई आवाश्यक सुझाव, सल्लाह तथा उर्जा प्रदान गर्न १५ जना अग्रज व्यक्तित्वहरुलाई समितिको सल्लाहकार चयन गरिएको छ । जसमा टि. बि. कार्की, उमेश अधिकारी, बिनोद भट्टराई, बिनेश तामाङ, कुमार कार्की, नविन पोख्रेल, राम गुरुङ, दिल किरण खजुम, लोक बहादुर तामाङ, छबिरमण कटुवाल, तुल्सी सुवेदी, चेतनारायण श्रेष्ठ, नरेश श्रेष्ठ र हरी कुमार बस्नेत छन् ।

यो समितिले जिल्ला संस्थाहरुलाई आधार मानेर तिनका गतिविधिहरुलाई थप प्रभावकारी बनाउन आवाश्यक सहयोगात्मक कार्यहरु गर्ने, संस्थागत, सामाजिक नेतृत्व विकास उत्प्रेरक भुमिका निर्वाह गर्ने, समग्र १ नं. प्रदेशको सरोकार रहने बिषयहरुलाई साझारुपमा अघि बढाउने, प्रादेशिक स्तरका मानविय, कल्याणकारी, सांस्कृति, सांगितिक, सामाजिक गतिविधिहरु संचालन गर्ने र कतारको नेपाली समाजमा प्रदेश नं. १ को अझ जिम्मेबार एवं प्रभावकारी उपस्थिको लागि समन्वयात्मक भुमिका खेल्ने बताईएको छ । भेला अशोक कुमार तामाङको संयोजकत्वमा सम्पन्न भएको थियो ।

वि.सं.२०७४ मंसिर ९ शनिवार ०६:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...