९ मंसिर, तिलोत्तमा, रुपन्देही : पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह र वेलबासमा आज बस र ट्रक ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
पश्चिमदेखि पूर्व जाँदै गरेको ना ६ ख ९८३८ नंको ट्रकले बुटवलको बेलबासमा पैदलयात्री अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका – २ निवासी ७५ वर्षीय गौरीशंकर खनाललाई ठक्कर दिँदा मृत्यु भएको हो ।
यस्तै देवदह नगरपालिका – ७ वनचौकीमा पूर्वबाट आउँदै गरेको लु १ ख ४४५४ नंको माइक्रोबसले साइकल यात्रीलाई ठक्कर दिँदा नाम र ठेगाना नखुलेका एक तराईवासीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक पवन भट्टराईले बताउनुभयो ।