
नारायण रपाल बिस्वकर्मा, बहराईन, २५ नोभेम्बर । “दलित एकता आजको आवश्यकता छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरुको सहभागिता” भन्ने मूल नाराका साथ प्रवाशबाट स्थापित दलित एकता संजाल नेपाल कतार राष्ट्रिय समन्वय समितीको तेस्रो एतिहासिक अधिबेसन भब्यताका साथ सम्पन्न भएको छ ।
अक्टोबर १७ का दिन मुन्ताजा दोहास्थित क्यारला कल्चर सेन्टरको सभाहलमा संजाल कतारका अध्यक्ष श्याम नेपाली हिमालको सभापतित्वमा सम्पन्न भएको अधिबेशनमा नेपाली दूतावास कतारका दितिय सचिब गायत्रीबहादुर पौडेल प्रमुख अतिथि रहेका थिए ।
संजाल आईसिसि अभियान्ताहरु, कतार संजालका सल्लाहकार हरुका साथै कतारमा स्थापित राजनैतीक संगठनका प्रतिनिधिहरु एनआरएन, बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु, समाजसेवी, पत्रकार लगायत अतिथी रहेका थिए ।
भब्य सास्कृतिक कार्यक्रम सहित सम्पन्न भएको अधिबेशनमा संजाल कतारका अभियन्ता लगायत रोजगारीको सिलसिलामा कतारमा रहेका नेपालीजनको उल्लेखनिय उपस्थिती रहेको थियो ।
तेस्रो अधिबेसनको बन्दसत्रमार्फत संजाल कतारकि प्रमुख सल्लाहकार इन्दु लावरको संयोजकत्वमामा, कृष्ण बिक गदाल, धनबहादुर परियार, देब परियार, कृष्ण परियार सदस्य रहेको निर्वाचन मण्डलले आईसीसी अभियन्ता किरण परियारको अध्यक्षतामा आगामी कार्यकालको लागि नयाँ कार्यसमिती निर्वाचित गरेको नवनिर्वाचित सचिब याम रसाइलीले जानकारी दिएका छन ।
वरिष्ठ उपाध्यक्षमा अर्जुन घिमिरे ,प्रथम उपाध्यक्षमा जीवन सुनार, दितिय उपाध्यक्षमा पृतम गदाल, तृतीय उपाध्यक्षमा सरु दास, सचीवमा याम रसाइली, कोषाध्यक्षमा सुनिल परियार, सहकोषाध्यक्षमा दिपक सुनार रहेका छन । त्यसैगरि सदस्यहरुमा खड्का ब. घताने, दिपक सेन्चुरी, देब बिस्वाकर्मा, बि.कि. बिक., हरि राम बिक, सन्जय सुनार, सम्झना परियार, इन्दु शिवा, चेत ब. नेपाली, सन्तोष बिक, होम शिव, बाल कृष्ण सुनार, शेष बिक, बिरेन्द्र सुनार रहेका छन ।
संजालका सास्कृतिक संयोजक देब बिक, तुल ब. परियार, निशा शेर्पा, निशा घताने लगायत कलाकारहरुले कार्यक्रमको बिच बिचमा नेपाली सस्कृती झल्काउने सांगीतिक प्रस्तुति पस्केर भब्य बनाएको कार्यक्रमलाई संजालका सल्लाहकार कृष्ण बिश्वाकर्मा र काबा सचिब याम रसाइली सन्चालन गरेका थिए ।
वि.सं.२०७४ मंसिर ९ शनिवार १५:५५ मा प्रकाशित