Logo
१६ मंसिर २०७८, बिहीबार
     Thu Dec 2 2021
E-paper
  English Edition
   Unicode
Logo

परम्परागत बिबाह धार्मिक अनुमतिको बलात्कार हो



dilliram-ammai

डिल्ली राम अम्माई/ बेल्जियम

कथित आधुनिक युगको उपभोक्तावादी समाजले पछ्याएको बैबाहिक पद्धतिको छहारीमा लुकाइएको बलात्कार रुपी यौन आतंक अमानबिय छ । त्यो बजारमा बेच्न राखिएको यौन अपराध भन्दा अझै डरलाग्दो छ । अत त्यो बाध्यतापूर्ण बैबाहिक यौन हिँसा, पद्धति र त्यसपछि हुने अनेकथरीका दवाबमुलक गोप्य यौन संस्कारलाई खारेज गर्नु जरुरि छ ।

rape

समयको गती र जीव जगतको नीयतिको आरोह अबरोहसंगै प्राणि जगतको बिकासक्रम पनि परिबर्तित स्वरुपमा अगाडी बढी रहन्छ । जीव जगतको बिकासमा यौनको महत्वपुर्ण स्थान हुन्छ । बिना यौन प्राणि जगतको बिकास प्रबाह सम्भब छैन । सम्पूर्ण जीवका यौन सम्बन्धि आ-आफ्नै प्राकृतिक र अनुबांसिक गुणहरु हुन्छन ।  त्यहि क्रममा मानब यौन जीबनचक्रका पनि केहि प्राकृतिक र अनुबांसिक बिशेषताहरु छन् । जसलाई प्रख्यात मनोबिद सिग्मंड फ्रायडले तीन दसक भन्दा बढीको अनुसन्धानबाट निस्कर्षमा पुर्याएका हुन् । एउटा शिशुको जन्मेदेखि मृत्युसम्म मानिसका पांच यौन चरणलाई क्रमश ओरल , गुदा, लिङ्ग पहिचान,बिलम्ब र जननाङ्गमा   विभाजन गरेका छन् । मानवले ति सबै उमेर अन्तर्गत कसरि यौन सन्तुष्टी प्राप्त गर्दछ भन्ने कुरा उनले psychosexual development भन्ने पुस्तकमा बिस्तृत रुपमा व्याख्या गरेका छन् । जसलाई मानिसको आयुभरको यौन चक्र भन्न सकिन्छ ।

एउटा उदाहरणलाई लिउँ । पचास मिलियन बर्ष अगाडी जमिनमा बस्ने  anthracotheres  जातिको एउटा प्रजाति उभयचर हुदै  एउटा परिबार आधुनिक हिप्पोमा बिकास भयो भने अर्को पाकिसेटस र इन्डोहायस हुदै आधुनिक व्हेल, डल्फिन, ओटर र सिलमा रुपान्तरण भएको जीव बैज्ञानिकहरुले पत्ता लगाए । ति जीवले आफ्नो पुरानो सारीरिक ढांचा, बस्ने बासस्थान र खाने आहारा सबै बदले तर प्राकृतिक यौन चरित्रलाई बदल्न सकेनन । उनीहरुको यौन चरित्र प्राय मोनोगामस रहेको छ । त्यसपछि बच्चाहरु जन्माउने, दुध चुसाउने सबै प्राकृतिक गुणहरु यथावत नै रहेको छ । यहाँ छलफल गर्न खोजिएको प्रसङ्ग अलिक बेग्लै हो । प्राग मानबदेखि अहिलेसम्म मानिसले बिकास गरेकोको प्राकृतिक र अनुबांसिक मौलिक यौन चरित्र वा गुणकोबारे यहाँ बहस गर्न खोजिएको हो । जसको ज्ञान हुनु  मानब बिकास प्रक्रियाबारे चासो राख्नेका लागि आवस्यक छ ।

 डार्विनको सिद्धान्त (Darwin, evolution, & natural selection ) अनुशार मानब बिकास आधुनिक चरणसम्म आउने क्रममा धेरै आरोह अबरोहहरु आए । ऊ हिमाली भेगमा पनि बच्न सक्ने भयो, अत्यान्त गर्मि ठाउमा पनि बाच्न सक्ने रुपमा आँफुलाई रुपान्तरण गर्न सक्यो । भनिन्छ मानब बिकासको क्रम रोकिएन भने उसले पानीमा बस्न सक्ने गरि आँफुलाई रुपान्तरण गर्ने छ । याप मानबको कन्दमुल, रुखका बोक्रा र चराका अण्डा आहार थियो ।  बिंदरथाल र होमोह्याबिलिस तीसलाख बर्षे बिकासक्रममा कन्दमुल र मुख्यतया मासुमा निर्भर भयो । होमो सेपियन्स पछिको आधुनिक मानबले आफ्नो जिबनशैली र आहार बिहारमा परिबर्तन ल्याउन सके पनि यौन चरित्र र प्राकृतिक स्वभावमा परिबर्तन ल्याउन सकेको छैन ।

यसै सन्दर्भमा मानिस यौनिक रुपमा के हो ? उसको यौन सम्बन्धि प्राकृतिक स्वभाब कस्तो थियो, कस्तो विकासक्रमबाट गुज्रियो र हालको मानब यौन मनोविज्ञान कस्तो छ ? त्यो बारे केहि तथ्यहरुसंग साक्षात्कार हुन आवस्यक छ । अहिलेसम्म खोजिएका बैज्ञानिक तथ्यहरुबाट के निचोडमा पुग्न सकिन्छ भने ब्यासो, फ्याउरो, वेभर्स (एक प्रकारको डल्फिन), अफ़र्स (शिल ) जस्ता केहि प्राणि र केहि चराका प्रजातिहरु मोनोगामस प्राणि भित्र पर्दछन । मानबको यौन विकासक्रमलाई हेर्ने हो भने मानिस मोनोगामस प्राणि हैन । मानिस बहुयौन साथीसंग सम्भोग गरेर यौन आनन्द लिने पोलिगामस प्राणि हो । मानिसको प्राकृतिक गुण अनुशार जीबनभर एउटा यौनसाथीसंग सम्भोग गरेर ऊसले यौनिक सन्तुष्टि लिन सक्दैन । तर समय, परिस्थिति र चेतनाको बिकासक्रमले मानिसलाई बाध्यताबस पोलिगामसबाट मोनोगामसतर्फ घचेटी रहेको देखिन्छ । अहिलेको मानबिय यौन अवस्था मानिसको प्राकृतिक र अनुबांसिक गुण बिपरित मात्र नभएर मानिसले मानिस माथि शक्तिको आडमा थोपरिएको कथित धार्मिक, नैतिक र सामाजिक नीति नियमहरुको परिणती हो । यौनको प्राकृतिक नियमलाई मानिसले प्राकृतिक रुपमा नै बग्न दिएको भए विभिन्न रोग, सामाजिक विसंगती र यौन हिंसाको जन्म नै हुने थिएन । यी अहिलेसम्मका खोजले प्रमाणित गरेका थाथ्य हुन् ।

 के हो मोनोगामस(Monogamous ) भनेको ?

मोनोगामस भनेको जिबनभर एउटै मात्र बिपरित लिंगी जोडी बीच यौन सम्बन्ध कायम गर्ने प्राणिलाई बुझाउछ । मोनोगामस प्राकृतिक यौन गुण हो । जसकोलागी जिबन भर एउटै यौन साथि प्रथम र अन्तिम हुन्छ । ब्याक्तिबादी समाज ब्याबस्थाले कृषि  र दाशयुग पछि मानिसमा पनि कृतिम दवाबबस यी गुणहरु अपनाउन बाध्य पारिएको छ , जुन असम्भब प्राय छ ।समाज शास्त्रीहरुको तर्कानुशार मानिसको मनोविज्ञान यौन साथि बदलेको कल्पना र सपनाबाट प्राय उत्तेजित रहन्छ । मोनोगामि जोडीहरु प्राकृतिक रुपमा चिन्ने तरिका उसको सारीरिक बनावटले हो । जसका भाले पोथीको आकार समान हुन्छ र लिङ्ग र स्तन बाहेक अन्य तरिकाले पहिचान गर्न सकिंदैन ।

अध्यायनले के देखाएको छ भने मानिस मात्र नभएर प्रकृतिमा रहेका प्राणिहरु मद्धे ३ देखि ५ प्रतिशत जिबात्माहरु मात्र एक यौन साथीसंग सम्भोग गर्ने प्राणि अन्तर्गत पर्दछन । उनीहरुको यौन जीवनको अनुसन्धानबाट यो पत्ता लागेको छ कि पहिलो पटक छनौट गरेको जोडीमद्धे एक मर्यो वा हरायो भने बांचेकोले जीबनभर अर्को यौन साथि खोज्दैन र यौन सम्पर्क पनि गर्दैन । जनावरमा फ्याउरो, ब्वाँसो, शिल र डल्फिन (अफ़र्स ) मात्र त्यो यौन वर्गमा पर्दछन ।

यी सबै प्राकृतिक सत्यहरु पत्ता लगाउन यौन अनुसन्धानकर्ताहरुले पांचहज्जार प्रजातिका जनावरहरुको यौन जीबनबारे अध्ययन अनुसन्धान गरेका थिए ।

पोलिगामस (poligamous ) को अर्थ :

एकै समय वा फरक फरक समय र स्थानमा फरक फरक यौन साथिहरुसंग सम्भोग गर्न रुचाउने प्राणि पोलिगामस हो । ग्रिक शब्द पोलिगामिया (State of sex and marriage to many spouses ) बाट पोलिगामी शब्द आएको हो । मोनोगामि बर्गका प्राणीले एक यौन साथीसंग जीबन बिताई दिन्छ भने पोलिगामी यौन बर्गको बिशेषता बहुयौन साथि बनाउनु वा बनाउने चेस्टा गरिरहनु हो । त्यो अवस्थामा मानिस कुन बर्गमा पर्छ ? मानिसले आफ्नो मनलाई सोध्दा सहज उत्तर पाउन सकिन्छ । आधुनिक मानिसले आफ्नो बहुयौन सन्तुष्टिलाई पुरा गर्ने सामुहिक बिबाह, बहु बिबाह र बेश्या गमन मार्फत बाटो खोजिरहेको हुन्छ । यो बर्गका भाले पोथी समान हुदैनन् । यो बर्गका भाले वा पुलिंगीहरु पोथी वा स्त्रिलिंगी भन्दा १० प्रतिशत अग्ला र २० प्रतिशत शारीरिक वजन बढी भएका हुन्छन । उनीहरुको लिङ्ग पहिचान गर्न त्यति गाह्रो हुदैन ।

प्राकृतिक अधिकार भर्सेज सामाजिक नियम र  शक्ति

मानिस शक्तिशाली शासकहरुद्वारा लादिएका कथित नैतिक,सामजिक र धार्मिक नीति नियमहरुको परिबन्दले निर्धारण गरेको एकल यौन जीबन पद्धति ( केवल स्त्रीको लागि मात्र बाध्यकारी ) लाई अपनाउदै आइरहेको देखिन्छ । “पिंजडा सुनको भए पनि चरीलाई प्यारो रुखको डाली” भनेझै सबै प्राणिलाई प्रकृतिले दिएको स्वतन्त्रता भन्दा प्यारो केहि हुदैन । अहिले बिकसित र चेतनशील देशहरुमा यौन स्वतन्त्रताका बारेमा छलफल र बहस घनिभूत रुपमा हुदै आएका छन् । उनीहरुले सबै किसिमका ब्याक्तिबादी र सामान्तबादी सामाजिक ब्याबस्थाले निर्धारण गरेका अन्यायपूर्ण दवाबहरु तोडेर यौनको प्राकृतिक बहाबलाई नरोक्न आह्वान समेत गरेका छन् ।

समाजशास्त्रीका मतानुशार यौनलाई बर्तमान समाज व्यवस्थाले जतिसुकै गोप्य, घिनलाग्दो, कसैलाई भन्ने नहुने रहस्यमयी र मोनोगामस बनाउन खोजे पनि मानिस फरकफरक अवस्थामा बहुयौन साथीसंग सम्भोगको बाटोमा लुकेर भएपनि हिड्न छोडेको छैन । आफ्नो नीजी पत्नी वा पति बाहेक अन्य सुन्दर सुन्दरीसंग यौनिक रुपमा लालायित भैरहने, फरकफरक यौन साथि बनाएर विभिन्न आसनको यौन कल्पना गर्दै यौनरस बगाइरहने र यौन साथि बदल्ने चेस्टामा तरंगित भैरहने मानिसको प्राकृतिक गुण हो । हाम्रो पुर्बिय संकीर्ण र परम्परावादी समाजमा यसरि यौनबारे खुलेर बहस गर्दा अमर्यादित बहस भनेर आरोप पनि आउन सक्छ तर यौन बहस बिकसित मुलुकका स्कुल, क्याम्पसहरुमा अनिबार्य बनाइएको छ भने समाजमा बौद्धिकहरुबीच बिना हिच्किचाहट यस्ता बहसहरु हुने गर्दछन ।

समाजशास्त्रीका अनुसार मानबको आधुनिक समुदाय एकल यौन बाध्यतातर्फ धकेलिनुका पछाडी केहि बाध्यताहरु छन् । तिनै बाध्यताहरुले मानब बिकासको पछिल्लो चरणमा आफ्ना यौनिक अधिकारबारे आवाज उठिरहेको छ । नीजी सम्पत्तिको प्रादुर्भाव, बच्चा जन्मदर अधिक भएकोले हुर्काउने निजि दायित्व , कथित धार्मिक र सामाजिक अन्धता आदि कारणले मानिसले यौन साथि छनौट र यौन स्वतन्त्रता गुमाएको हो ।  कृषि युगको शुरुवातले मानिस घुमन्तेबाट रैथाने र निजी सम्पतिको मालिक बन्न पुग्यो । त्यहि सम्पत्तिको लोभले चाहना भए वा नभएपनि बाँच्नको लागि श्रम गरेका जोडी स्थाई रुपमा संगै बस्न बाध्य भए ।

शिकारी वा ढुंगे युगको कविला समाजमा मानिसले आफ्नो यौन साथि चिम्पान्जिले जस्तै बदलि रहन्थे । यौनको लागि महिलाको स्वीकृति निर्णायक हुन्थ्यो ।  त्यस्तै समुहको सबैभन्दा बलवान पुरुषमात्र स्त्रीको रोजाइमा पर्दथे । त्यसैले त्यो बेला जन्मेका बच्चा अधिक स्वास्थ्य र बलिया हुन्थे । जन्मेका सबै बच्चाहरु आमाको माया र सामुहिक रेखदेखमा हुर्कन्थे ।

त्यो बेला यौनको लागि अनुबांशिक र प्राकृतिक अदृस्य नियम थियो । त्यहाँ दवाबमुलक बैधानिक नियम कानुन हुन्थेन । दुबैको ईच्छा अनुशार यौन साथि रोजेर सम्भोग कार्य सम्पन्न हुन्थ्यो भने अर्को पटक पुरानै यौन साथीसंग सम्भोग गर्न कोहि बाध्यकारी थिएन । आवस्यकता अनुशार यौन साथीको छनौट र सम्भोग गर्न महिला र पुरुष स्वतन्त्र हुन्थे ।

यौन शोषण र दासताको शुरुवात कसरि र किन भयो ?

जब सामुहिक उत्तरदायित्व र  सामुहिक जीबनपद्धतिबाट मानिस ब्याक्तिगत सम्पत्ति र ब्याक्तिबादी जीबन पद्धतितर्फ बाध्यताबस बदलिने परिस्थिति बन्यो , उनीहरुले राज्य वा त्यस्तै प्रकारको आँफु नियन्त्रित क्षेत्रको घोषणा गरे । त्यस पछि सामुहिक जिबन पद्धति छिन्नभिन्न भयो । त्यो बेलाको जोडी र त्यो जोडीको स्त्रीबाट जन्मेका बच्चा लिएर मानिसले आफ्नो बास बनायो । आमा बच्चाको स्याहार र बाबुको खेतीपातीको साथै तात्कालिक खानाको जोहोले जिबन पूर्णरुपमा ब्यस्त बनायो । त्यहि निजि सम्पत्ति र तात्कालिक दायित्वले मानिसलाई आफ्नो प्राकृतिक अधिकार स्थगित गर्न बाध्य बनायो ।

ति सबै बाध्यताको कारण एक खालको परिस्थिति भएपनि मानिस एउटै यौन साथीबाट पूर्णत तृप्त हुन सक्दैन । त्यो उसको प्राकृतिक गुण यथावत छ । तृप्त भएजस्तो देखिने उसको बाध्यता हो ।

समाज, सम्भोग र प्रेमबारे 

संसारमा सबै भन्दा धेरै आकर्षण यौनिकता तर्फ नै देखिन्छ । मानिसको मात्र के कुरा यौन सम्पर्कको लागि आसक्त नहुने जिबात्मा को पो होला र ? संसारभर अहिलेसम्म लेखिएका साहित्य र गीतमध्ये दुइ तिहाइ भन्दा बढी यौनिकता उन्मुख छन् । लेख्नेहरुले पनि आ-आफ्नो मनोविज्ञानको प्रतिनिधित्व गरेर लेख्ने हुन्  । ब्याक्तिबादी अधिपत्यलाई कायम राख्न बनाइएका कथित धर्म, संस्कृति, कानुन र अनगिन्ति सामाजिक बाध्यताहरुले लेखक, दार्सनिक र साहित्यकारको मनोविज्ञानलाई पनि दवाबमा पारेको हुन्छ । माथिबाट लादिएको दवाबका कारण मुस्लिम बाहुल्य तथा पुर्बिय समाजका अनगिन्ती मानबहरु यौनबारे खुलेर कुरा गर्न सक्दैनन् । खुल्लारुपमा यौन चाहनाबारे आफ्नो छनौटको साथीसंग समेत इच्छा प्रकट गर्न सक्दैनन् । यौन साथि फेर्नु पर्ने कारणबारे गरिने बहस त झन् टाढाको कुरा भयो । खुल्लारुपमा यौन चाहना पुरागर्ने बहस किन हुन सक्दैन ? यौन स्वतन्त्रता खान पाउने स्वतन्त्रता भन्दा कमजोर किन बनाइयो ? आखिर त्यो पनि प्राकृतिक आवस्यकता न हो । पश्चिमी समाज यौनको बहसमा यसरि खुल्ला हुदै छ र अब यौन प्राकृतिक गुण अनुशार बग्न दिनु पर्छ भन्ने मान्यता पनि स्थापित हुदैछ ।

तर धार्मिक रुढीग्रस्त समाजमा स्वतन्त्र रुपमा यौन छनौट गर्नबाट बन्चित गरिन्छ । यौन आवस्यकतालाई धार्मिक,बर्गीय र जातिय आधारमा बैध र अबैधको बिल्ला भिराएर हिँसा गर्ने र ज्यान समेत लिने गरिन्छ । प्राकृतिक नियम अनुशार छनौट र चाहना स्वतन्त्र छ, सुद्ध यौन चाहनाले मात्र प्रेरित छ र प्रेमपूर्ण छ भने त्यो यौन बैध हो । त्यसकोलागि बिबाह वा सामाजिक मर्यादा पुरा गर्न जरुरि छैन । यी यस्तै दमित चाहनाहरु बाँध फ़ुटेझै कलमको सहाराबाट बाहिर निस्कन्छन जसलाई हामि साहित्य वा यौन साहित्य भन्दछौं ।  प्रेम या यौन साहित्यको मूलकारण पनि कथित ब्याक्तिबादी सामाजिक नैतिकताले हाम्रो प्राकृतिक र जैविक अधिकार थिचिनुबाट बिष्फोट हुँदै गरेको मनोबैज्ञानिक बिद्रोह हो ।

प्राकृतिक रुपमा स्वतन्त्रतापुर्वक यौन साथीको छनौट र हेराफेरी गर्ने हाम्रो प्राकृतिक अधिकार हुँदाहुँदै पनि  ब्याक्तिबादी समाजमा यौन आकर्षणका आयामहरु सामाजिक प्रचलन र ब्याक्तिगत रुचि अनुसार फरक पर्न सक्छ । तर सबै किसिमका यौन आकर्षणका शैलीहरुको केन्द्रिय महत्वा भनेको सम्भोग हो ।

सम्भोग सधैं भरि सबैलाई स्वर्गीय आनन्द दिने कार्य हो । जसमा स्त्री पुरुषको समान भूमिका, रुचि र त्याग हुनु जरुरि हुन्छ । त्यसैले सम्भोग अधिकार हो भने एकभोग अपराध ।  सम्भोग तर्फ जीव आकर्षित हुनुको मूल कारण त्यहि चरम तृप्ति हो । सन्तान उत्पादनको लागि प्रकृतिलर जीव जगतलाई त्यसै गरि सृष्टि गरि दिएको छ । त्यसको लागि जीवको प्राकृतिक स्वाभाब, रुचि, सारीरिक भिन्नता, यौन साथि छनौटको तरिका समेत प्रदान गरेको छ ।

 मानब यौन रुचि, हिँसा , अधिकार र बदलिँदो परिवेश 

अघि नै भनियो, मानब स्वभावैले दुई भन्दा बढी यौन साथि छनौट गरेर सम्भोग गर्ने अनुबांशिक र प्राकृतिक गुण भएको प्राणि भएता पनि समाजको बनौट, बिकसित नीति नियम, मानसिक बिकास वा चेतनास्तर  र उत्तरदायित्वको अभिवृद्धि संगै मानिसको यौन परिवेश पनि फेरिदै गएको छ । चेतनाको वृद्धि मानिसमा मर्यादित, जवाफदेही र सुरक्षित यौन सम्पर्क गर्ने, यौन आनन्दसंगै सन्तान हुर्काउने दायित्व समेत मात्र एक जोडीले पुरा गर्नु पर्ने भएकोले मानिसले आफ्ना प्राकृतिक यौन रुचिलाई क्रमिक रुपमा फेर्दै लागेको देखिन्छ ।

यौनको प्रार्थमिक आवस्यकता सन्तान उत्पादन मात्र नभएर चरम आनन्दको उपभोग गर्नु पनि हो । अहिलेको सामाजिक परिवेस अनुशार सन्तान हुर्काउनको लागि जोडी बदल्नु वा यौनलाई मात्र प्रधानता दिनु हितकर मानिदैन । सामुहिक जिबन पद्धती अनुशार बाँच्ने र बच्चा हुर्काउने जिबन पद्धती भत्की सकेकोले बाध्यताबस इच्छा अनुशार यौन साथि बदलिरहने आफ्नो जैविक अधिकारलाई दबाएर बाँच्न आधुनिक मानब बाध्य छ ।

त्यसैले बिकसित देशका समाजशास्त्रीहरुले प्राकृतिक यौन अधिकार मानिसको नैसर्गिक अधिकार भएकोले प्राकृतिक र जबिक अधिकारलाई राज्यले मान्यता दिनुपर्ने आवाज उठाई रहेका छन् । यौन अधिकारको लागि अब सम्भोग क्रान्ति आवस्यक भएको तर्क सहित सेमिनार, अन्तरक्रिया र बहसलाई स्कुल, कलेज र सार्वजनिक सभाहरुमा घनिभूत बनाउदै लागेका छन् । द्रुतगतीमा पश्चिमा राज्यहरुमा कानुनि मान्यताहरु पनि फेरिंदै गैरहेका छन् । लिभिङ्ग टुगेदरलाई कानुनि मान्यता दिने देशहरु देरै भैसकेका छन् ।

स्वतस्फुर्त, मर्यादीत र सहमतीय आधारमा यौन साथि छान्न र बदल्न पाउने अधिकार अबका केहि दशक पछि पूर्ण रुपमा संसारभर स्थापित हुने मनोबैज्ञानिक र समाजशास्त्रीहरुको दावी देखिन्छ । उनीहरुकै अनुशार त्यसले सामाजिक बनौट र अधिकारको क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याउने छ । जस अनुशार फरकफरक बाबुबाट सन्तान जन्मने र हुर्कने परिस्थितिले संसारभर नश्लीय रुपान्तरण गर्नेछ । त्यसले उन्नत मानब नश्लको बिकास गरी संसारको मानब चेतनाको गुणात्मक बिकासमा महत्वपुर्ण भूमिका खेल्ने छ । अर्को तर्फ जातिय, धार्मिक र अन्धराष्ट्रिय मानब नश्लको समाप्त गर्दै सम्पूर्ण मानवलाई भावनात्मक एकता सहितको बिस्व बन्धुत्वको अभियानलाई योगदान पुर्याउने छ ।  मनोविद फ्रायड भन्दछन,” चेतनाको बिकास र अन्तरघुलनले यौनलाई लाज, घिन र संबेदनशील चारित्रिक अभिशापबाट बाहिर निकालेर पुजक, भोजन, निद्रा र शिक्षा ग्रहण कर्म जस्तै  सम्मानित र मर्यादितरुपमा स्थापित गर्नेछ भने यौन स्वतन्त्रताबाट मानब अझ बढी मानबिय, खुशी,कर्तब्यनिष्ठ र शान्ती पृय बन्ने छन्  । “

समाज शास्त्रीहरुको भनाइ अनुशार यौन स्वतन्त्रताको बहसबारे एउटै मत नभए पनि “पूर्ण सम्भोग सन्तुष्टिबाट निस्कने अक्सिटोसिन  हार्मोनले समाज, परिवार र प्राणि जगतलाई प्रेममय बनाउदै सम्बन्धहरु आत्मिय र सुमधुर बनाएर लैजान्छ । यौन रुपमा सन्तुष्ट ब्याक्ति आफैमा मेहनती, धैर्यवान र आत्मा विश्वासी हुन्छ । तर यौनिक रुपमा असन्तुष्ट ब्याक्ति अधैर्य, अबिस्वासी , झगडालु र मनोरोगी हुन्छ’ भन्ने कुरामा एकमत  देखिन्छन ।

यौन स्वतन्त्रताकालागी परम्परागत र अबैज्ञानिक बिबाह पद्धति नष्ट गरिनु पर्दछ 

दाश युग पछि भित्रिएको छनौट स्वतन्त्रता बिनाको  यौन संकुचन र यौन दासताको प्रतिक परम्परागत बैबाहिक शैली तहसनहस बनाइनु पर्छ ।

पहिलो कारण, त्यसले धार्मिक विभेद मात्र नभएर जातिय विभेदलाई अधिकतम बढावा दिएको छ । एउटै जात बिशेषसंग मात्र बिबाह गर्न अनुमति दिने त्यो बिबाह पद्धती  नश्लीय बिकास र अन्तरघुलनको बाधक मात्र बनेको छैन , त्यसले बलात्कार, हिँसा र मानब बिचको प्राकृतिक र मानबिय सदभाबलाई बलजफत  भत्काउदै लागेको छ । जातिय द्वेष , यौन हिँसा वा शोषण, विभेद र सति, दाइजो, देउकी, कुमारी लगाएतका प्रथा यौन स्वतन्त्रता बिरुद्धका कुरा हुन् । समाजशास्त्रीको मतानुशार यी सब परम्परागत बिबाहको फोहरबाट पैदा भएका सामाजिक रोग हुन् ।

दोश्रो, आफ्नो बच्चा स्वच्छ, स्वास्थ्य र शुन्दर बाबुबाट जन्माउने, आमाको इच्छा अनुशार बच्चाको संख्या अड्कल्ने र समाजमा आमाको प्राकृतिक अधिकारलाई स्थापित गराउने प्रणालीलाई परम्परागत बिबाह पद्धतीले समाप्त पारिदिएको छ भने महिलालाई  भिष्म पितामहद्वारा यौन दाशिको रुपमा अपहरित अधिकार बिहिन  अम्बा, अम्बिका र अम्बालिकामा बदलिदिएको छ । जसको कारण बिबाहरुपी पाप चक्रब्युहमा पिल्सिएर हज्जारौ अपहरित  अम्बारुपी महिला र बालिकाहरु आत्महत्या गर्न बिबस छन् ।

तेश्रो, जन्मेको सन्तानलाई बाबुले अंगालेको कथित धर्मको आधारमा निर्णय गर्न लगाएर संसारमा एकछत्र दानबिय कोलाहल मच्चाइएको छ। आमालाई उसको स्वास्थ्य, समय र रुचिको ख्याल गर्न नदिएर धार्मिक अनुमतिको बलात्कारद्वारा  सन्तान माथि सन्तान थुपारिएको छ  । पृथ्वीमा एक प्राणीको बिकास र अन्य प्राणि तथा बनस्पतिको बिनासले प्राकृतिक चक्रिय सन्तुलन समाप्त पार्दै लगिएको छ । जुन हानिकारक मात्र नभएर आत्मघाती पनि छ । यदि आमामा सन्तान सम्बन्धि निर्णय अधिकार हुन्थ्यो भने संसारमा अन्य प्राणिको प्राकृतिक अधिकार यसरि समाप्त पारिने थिएन ।

चौथो, पुरुष प्रधान समाजले यौन स्वतन्त्रतालाई पुरुषमा मात्र सिमित गरिदिएर यौन हिँसालाई बढावा दिएको छ । यौनहिंसालाई ढाकछोप गर्न यौनलाई लुकाउनु पर्ने लाज कर्म बनाइएको हो । यौनलाई लुकिकर्म बनाएपछि धार्मिक गुरुकुलमा ब्रम्हचारीद्वारा,  चर्चमा पादरीद्वारा, गुम्बामा लामाहरुद्वारा, मस्जितमा मुल्लाद्वारा, राजघरानामा राजा र उसका उच्च रजौटाद्वारा गरिने सम्पूर्ण बलात्कारहरु लुकाउन सजिलो भयो । त्यहि कारण हो सामाजिक सदभाब सहितको प्राकृतिक यौनलाई लाज लाग्दो बोल्न, भन्न र देखाउन नहुने कर्म बनाउनुको अर्थ । यौन परिपूर्तिको सहज प्राकृतिक अधिकारको मार्ग विभिन्न कारणले थुनिदिएर बाध्यकारी बिबाहले यौन स्वतन्त्रताको मानब अधिकार समाप्त पारेको छ ।

त्यसैले कथित आधुनिक युगको उपभोक्तावादी समाजले पछ्याएको बैबाहिक पद्धतिको छहारीमा लुकाइएको बलात्कार रुपी यौन आतंक अमानबिय छ । त्यो बजारमा बेच्न राखिएको यौन अपराध भन्दा अझै डरलाग्दो छ । अत त्यो बाध्यतापूर्ण बैबाहिक यौन हिँसा , पद्धति र त्यसपछि हुने अनेकथरीका दवाबमुलक गोप्य यौन संस्कारलाई खारेज गर्नु जरुरि छ ।

यौन जस्तो परम आनन्द र स्वर्गानुभुतिको प्राकृतिक बरदानलाई दाश युगसंगै हिंसात्मक र गोप्य बनाउदै लगियो । त्यसको प्रमुख कारण हरुवा कबिला पक्षका दुवै लिंगीको यौन स्वतन्त्रतालाई समाप्त पार्नु थियो । हरुवा कबिला महिलामाथि हुने यौन बर्बरता मानिसले देखेभने बिद्रोह हुन्छ भन्ने भय आततायी बर्गलाई थियो । त्यसैले त्यो यौन बर्बरता  कायम राख्न उनीहरुले अध्यारो र असहजताको बाटो रोजे ।

सम्भोग जस्तो पुज्य र श्रृष्टिको माध्यामलाई गोप्य र रहस्यमय बनाइयो । सत्ता र शक्तिको दुरुपयोग गरेर अपहरण र लुटको सहारामा मालिक बर्गले यौनलाई कब्जा गर्यो । त्यसलाई प्रकृतिको बहाबसंग बग्न दिइएन ।  यौनलाई बर्बरता र सनसनी पुर्वक लुट्न थालियो । यौनलाई युद्धमा, जुवामा र राज घरानाका नाचघरानामा तमासा देखाउने साधन बनाइयो ।

यस्ता अनगिन्ती घटनाहरु इतिहासदेखि अहिलेसम्म आदर्श र बहादुरीपूर्ण मानिदै आएको छ । त्यसैले ति सबै मान्यताहरु स्थापित गर्नुको उद्यस्य  भनेको मानबको स्वतन्त्रतापूर्वक यौन साथि खोज्ने र स्वतन्त्र यौन सम्बन्ध कायम गर्ने अधिकारलाई समाप्त पार्नु हो ।

मानब यौन चरित्रका अनगिन्ती उदाहरणहरु :

मानिस कुन यौन बर्गमा पर्छ ? को उत्तर समाजशास्त्रीहरुले आँफैलाई सोध्न आग्रह गर्दै भन्दछन ,”बाहिर अन्य सुन्दरीलाई देख्दा पुरुषको मनमा यौन चाहना प्रकट हुन्छ । घरमा श्रीमतिले थाहा पाउछिन भनेर मात्र उ तर्सिन्छ । यो नियम महिलामा पनि लागु हुन्छ । त्यो फरक यौन स्वादको लागि प्रकट भएको यौन भोकलाई उनीहरुले निमोठ्न बाध्य हुन्छन । “त्यसैले भनिन्छ प्रेम र यौन फरक कुरा हुन् । प्रेममा बासनाको समेत स्वार्थ हुदैन, बासनामा यौन तृक्ष्णा बढी हुन्छ तर प्रेमले मानवताको बिशाल द्वार खुला गरिदिन्छ जसमा सबैतिर समानता बाहेक केहि हुदैन ।  एउटा कुरा केपानी सत्य हो भने प्रेमबाट यौन सन्तुष्ति सहित पारिवारिक र सामाजिक दायित्व पनि पुरा हुन सक्छ । प्रेमको समानताले यौन साथीको छनौटमा महत्व राख्दैन , आकर्षण पछि यौन साथीको छनौट, सन्तुष्टिको मापन , पुन यौन साथीको छनौट यौनिक स्वतन्त्रताबाट मात्र सम्भब छ ।(“Making love with a woman and sleeping with a woman are two separate passions, not merely different but opposite. Love does not make itself felt in the desire for copulation (a desire that extends to an infinite number of women) but in the desire for shared sleep (a desire limited to one woman).” ― Milan Kundera )

चर्चामा आइसकेको यौन हिँसा यौन स्वतन्त्रताको बाधाबाट उत्पन्न हुने हो । यो कतिपय नबुझेर पनि हुन्छ ।  रामेछापको एउटा बिबस दाजुले आफ्नो पति बिद्रोहमा गुमाएकी बैनीको लागि कृतिम यौन खेलौना किन्न बाध्य भएको घटनाले त्यहि देखाउछ । बर्षौ सम्म उसकी बहिनीको यौन हार्मन उत्सर्गनको प्रक्रिया रोकिएर मानसिक असन्तुलन हुने रोग शुरु भयो । धामी झाक्री, डाक्टर, औसधि मुलोले ठिक नभए पछि आफ्नै रोगिकी भाउजूको “बिबाह गरिदिए ठिक हुने” आग्रहलाई दाजुले समाधान गर्न सकेनन र राजधानी आएर ३५०० रुपैयामा कृतिम पुरुष लिङ्ग किनेर लागे । उनको श्रीमतीले पिडितलाई प्रयोगमा सहयोग गरिन पछि उनकी बहिनीको यौन हिस्टोरिया सन्चो भयो । त्यस्ता अज्ञानताको कारणले हुने समस्यालाई समेत यौन हिँसा भन्छन समाजशास्त्रिहरु । त्यो समस्या कतिपय यौन हार्मोन बढी भएका अबिबाहित युबतिहरुमा पनि हुन्छ । त्यसको प्राकृतिक उपचार यौन सम्पर्कमार्फत हार्मोनको उत्सर्गन हो । सामाजिक ब्याबस्थाले यौन चाहनाबारे बताउने, खुल्ने अनुमति नदिएकै कारण त्यो घटना भएको हो ।

अर्को तर्फ़ हाम्रा घरमा हुर्केका चेलीहरुलाई बिबाहपुर्ब, पति मरेको वा नभएको अवस्थामा यौन स्वतन्त्रताको अनुमति दिदैन । त्यो गलत मात्र नभएर यौन हिँसा हो । यौन प्राकृतिक चिकित्सा पनि हो । उपयुक्त केटासंग अबिबाहित वा पति गुमाएकाहरुले यौन सम्पर्क गर्नुलाई अपराध मान्नु हुदैन । बरु त्यो बारेमा अबिभाबक वा आमाले यौन सम्बन्धि सुरक्षा सतर्कता अपनाउने सल्लाह दिनु पर्छ ।

यौन सम्बन्धित सबै कुराहरु  गर्न नहुने वा छाडा हुदैनन् । यसै बिसयमा केहि दिन अगाडी एउटा असजिलो अध्ययन भयो । भर्खर १२ कक्षामा पढ्ने मिलिसालाई १८ बर्ष पछी गर्न हुने नहुनेबारे के थाहा छ भनेर सोधियो । उनले स्वाभाविक सैलिमा भनिन,” उनकी आमा बार्बाराले भनेकी छन् उनि आगामी हप्ता १८ बर्ष पुगेपछि यहाँको चलन अनुशार थोरै अल्कोहल लिनेछीन र उपयुक्त केटा साथिसंग यौन सम्पर्क गर्ने छिन । उनलाई शुरक्षित यौन सम्पर्कबारे गुरुआमा र आमाले भरपुर सिकाएका छन् । उनलाई  यौन सम्पर्क गर्ने तिब्र ईच्छा छ । तर लामो समय त्यहि केटासंग बित्छ वा बित्दैना केहि महिनाको संगत पछि आमासंग छलफल गरेर निर्णय गर्ने छिन । केटाले यौन सन्तुष्टि दिन सक्छ कि सक्दैन ? त्यो जाच्ने छन् । संगतले उ कस्तो प्रकारको केटा हो ? खराब बानि के के छन् ? त्यसलाई दीर्घकालिक रोग छकि छैन ? रगतको समूह के हो जान्नको लागि ३ मैना समय लाग्ने छ । उसंग नबसी त्यो जाच्न सम्भब हुदैन त्यसैले उनि  ऊ संगै केहि समय बस्ने छिन । अस्पताल केटासंग संगै जाने छिन । पुराना रिपोर्टहरुबारे डाक्टरसंग बहस हुने छ । घरायसी अवस्थाको जानकारी लिएर आमासंग बहस हुने छ ।” उनले भनिन, “कमसेकम ६० प्रतिशत गुणहरु समान नभए ३ मैनामा उसलाई उनले हार्दिकतापुर्वक बिदाइ गर्ने छिन ।”  यसरि पश्चिमा परिवारमा सहमतिमा हुने जुनसुकै प्रकारको सम्भोगलाई अपराध मानिदैन । मिलिसाको आमा पनि पुर्व शिक्षक हुन् भने उनको बुबा वकिल । यहा पहिलो पटकको यौन पछि सितिमिति बिबाह हुदैन । यौन शिक्षा र तालिम प्राप्त चेलीहरुले यौन साथीको पूर्ण परिक्षण पछि मात्र निर्णयमा पुग्छन भने केटाहरुको हकमा पनि त्यहि सत्य हो ।

हाम्रो पुर्बिय संस्कार यौन शिक्षाका हिसाबले युरोप भन्दा धेरै तल छ । यो संस्कार हिन्दु, बुद्ध र मुस्लिम धार्मिक मान्यताबाट प्रभावित भएकोले मात्र त्यस्तो भएको हैन । मुलभुत कारण शिक्षा प्रणाली  हो । यौन शिक्षा जस्तो जिबन उपयोगी शिक्षा अहिलेसम्म लागु भएको छैन । यौनबारे बहस हुँदा गिल्का छोडेर हाँसोमा उडाइन्छ । त्यसको महत्वलाई मजाक ठानिन्छ ।

हामीले पढ्ने गरेका र सुन्ने गरेका यौन सम्बन्धि कुरा रामायण, महाभारत र पुराणहरुका मात्र हुन् । महाभारतमा उल्लेखित द्रौपतिको बिबाह पश्यात यौन तृप्तिको प्रसङ्ग होस् या कुमारी अवस्थामा सत्यवती र ऋषि परासर साथै बिबाह पछि सत्यवती र संतनुको यौन दिनचर्याको कुरा होस् । ति सबैलाई क्षम्य र सम्मानित कर्म मानिन्छ । तर त्यहि कर्म समाज वा घरमा घट्यो भने अपराधीकरण गरि ज्यान लिने दिने सम्मको अवस्था बन्दछ ।  हामीले यौनकर्मलाई सबै कर्मबाट अलग गरेर नहेरेसम्म त्यस भित्रको पवित्रता देखिदैन ।

पौराणिक कालका महर्षि याग्याँ बाल्क्य, दसरथ, कृष्ण राधा र अनन्त गोपिनीसंगको यौन सम्बाद र सम्भोग पुजनीय हुन सकेपनि अहिलेको सहमीय सम्भोगलाई विचारै नगरी अपराधीकरण गरिन्छ । हाल नेपालमा जंगबहादुर अगाडी पछाडी कुन राजा राणा, भारदार र मुखियाका एउटा यौन साथि छन् ?  त्यस्तै महिलाहरुमा पनि लुकिछिपी आफ्नो पबित्र यौन चाहना मेट्ने गरेका उदाहरणहरुलाई आधार बनाएर दुष्ट्याई पुर्वक समाचारहरु बनाउने गरिन्छ । पुरुष अधिपत्य भएको र महिलालाई यौन स्वतन्त्रता नदिइ आफुले मात्र भोग्न खोजेका उदाहरणहरु अनगिन्ती छन् ।

 यौन सम्बन्धहरु बैध र अबैध कसरि हुन्छन ?

एउटा पुरुष वा महिलाले आँफुलाई मन परेको वा छनौटमा परेको साथीसंग सुरक्षित यौन सम्बन्ध कायम गर्नु पटक्कै अपराध हैन । त्यो उसको प्राकृतिक आत्मनिर्णयको अधिकार हो । तर हाम्रो उपभोक्तावादी र ब्याक्तिबादी समाजमा कुनै पनि अप्राकृतिक बन्धन तोडेर गरिने यौन सम्बन्धलाई अपराध मानिन्छ । जुन मानब अधिकारको आधारमा अर्को जधन्य अपराध हो । यहि बन्धन र सम्बन्धले गर्दा संसारभर सयौं हत्या र यौन हिंसाका घटनाहरु घट्ने गरेका छन् । अझ मुस्लिम समाजमा यौन स्वतन्त्रताको अवस्था अत्यान्त नाजुक छ ।  त्यो समाजमा केटीलाई शिक्षा ग्रहण गर्ने र आफ्नो यौन साथि चुन्ने न्युनतम स्वतन्त्रता समेत दिइएको छैन । जहा महिलाको अवस्था अझै नारकीय छ ।

महिलाहरुमा यौनिक स्वतन्त्रता नहुनु एक वर्ग बिशेषको यौनिक दमन हो । यदि मानिसको प्राकृतिक, अनुबांशिक र बैज्ञानिक कारणलाई आधार मान्ने हो भने मानिस पूर्ण रुपमा पोलिगामी प्राणि हो । लामो अध्यायन पछि निचोड निकाल्दै वासिंगटन बिस्वबिध्यालयकि प्रोफेसर प्रख्यात समाज शास्त्री पेपर स्खुक्सले भन्छिन,”I did not think we are a monogamous animal . A really monogamous animal is a goose,which never mates again even if its mate killed .Monogamy is invented for order and investment but not necessarily because it is natural .”

सन्दर्भ स्रोत : The social control of sexuality by John Delamater, A report The sexual Revolution by Tan W. Smith, Make a love not war by david plyn, Sexual liberation is not the same thing as sexual Equality by Danielle crittelle, Darwin, evolution, & natural selection


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले एक संचारमाध्यममा

प्रेम रौले । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी, हुद्दा र

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा