Logo
११ चैत्र २०७९, शनिबार
     Sat Mar 25 2023
E-paper
  English Edition
   Unicode
Logo

दार्चुलाका १२९ मतदान केन्द्रमा मतदान शुरु



darchula१० मंसिर, दार्चुला । यहाँ पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शुरु भएको छ । जिल्लाका १२९ मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्लाभरिमा दुई हजार ११५ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । विकसित घटनाक्रमलाई आधार मानेर सबै मतदान केन्द्रमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

जिल्लाभरिका ७८ हजार ५१३ मतदाताले यो निर्वाचनमा सहभागिता जनाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । महाकाली नगरपालिका–५ को अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको मतदान क केन्द्रमा ८४ वर्षीय दिलानन्द बडूले पहिलो मतदान गरेको मतदान अधिकृत डा अम्बिका पोख्रेलले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा