back

अमेरिकामा नेपाली विद्यार्थीद्धारा आत्महत्या

वि.सं.२०७४ मंसिर १० आइतवार

645 

shares

shakar-1

काठमाडौँ कोटेश्वर घर भै अमेरिकाको कोलम्बस मिसीसिपि विश्व बिद्यालयका एक नेपाली बिद्यार्थीले आत्महत्या गरेको समाचार प्राप्त भएको छ । मिसीसिपि युनिभर्सिटी फर वुमेन नामक विश्व बिद्यालयमा अध्ययनत शाकर हुमागाई नामक बिद्यार्थी भएको जानकारी प्राप्त भएको छ ।
प्राप्त जानकारी अनुसार बागबजार स्थित मोडल कलेजमा अध्ययन गरि उच्च शिक्षाको लागि अमेरिकाको मिसीसिपि आएको बुझिएको छ । उनि मिसीसिपिको कोलम्बसमा बसोबास गर्दथे ।
उनले आत्महत्या गर्नु अगाडी आफूले सामाजिक संजाल फेसबुक (मुहार पुस्तिका ) मा लागु पदार्थ लत सम्बन्धि केहि राखेका छन l मे २९ ,१९९६ मा जन्मिएका हुमागाईले गत नोवेम्बर २३ तारिख थाङ्क्सगिभिंग (धन्यबाद दिवस) कै दिन आत्महत्या गरेको बुझिएको छ ।
ताजा जानकारी अनुसार ,कोलम्बस मिसीसिपीको स्थानीय समय अनुसार ७ :३० बजे श्रद्धान्जली सभा गरे पश्च्यात गंटर एण्ड पिल फ्युनेरल )होम सर्विस (दाह संस्कार गृह)मा दाह संस्कार भै रहेको बुझिएको छ ।
कोलम्बस स्थित स्थानीय बिदेशी पत्रिका दि डिसप्याचका अनुसार मृतकको शरीर लाउन्ड्स पार्क तालमा मृत अवस्थामा फेला परेको उल्लेख गरेको छ l प्रहरी अधिकारीहरुले नोभेम्बर २३ तारिख १ :४५ मा घटनास्थलमा पुगेका थिए भने परिवार सदस्यहरुसंग सम्पर्क नगरी नाम प्रकाशित नगर्ने भनि उक्त पत्रिकामा समाचार छ ।
के कारणबाट आत्महत्या भएको हो ,यस बारे लाउन्ड्स काउन्टीका प्रहरीले यस बिषयमा अनुसन्धान गरि रहेका छ्न । अमेरिकाको नेपाली समुदायको साथै भुटानी समुदायमा आत्महत्याका घटनाहरु वृद्धि भै रहेको अवस्थामा नेपाली संघ/संस्थाले यस्ता बिषयमा बिशेष जनचेतना मुलका कार्यक्रम ल्याउनु पर्ने आवस्यक टड्कारो रुपमा देखिएको छ।

वि.सं.२०७४ मंसिर १० आइतवार ०४:१८ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...