Logo
१२ मंसिर २०७८, आईतवार
     Sun Nov 28 2021
E-paper
  English Edition
   Unicode
Logo

नयाँशक्तिका संयोजक डा.भट्टराईद्धारा ‘रोमान्चक मतदान’



dr-baburam१० मंसिर, काठमाडौं । नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।
प्रतिनिधसभाका उम्मेदवार रहेका संयोजक डा भट्टराईले गोरखाको पालुङटार नगरपालिका १ को अन्नपूर्ण माविमा खोप्लाङमा रहेको मतदान केन्द्रमा विहाँन ९ः२५ मा मतदान गरेका हुन् ।
मतदानगरेपछि डा. भट्टराई आफ्नो सामाजिक संजालको पेजमा ‘ गोरखा २ मा रोमान्चक मतदान गरियो हैं ।” भन्दै मुस्कुराउँदै प्रतिक्रिया व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार रहेका डा. भट्टराईका मुख्य प्रतिश्प्रधीका रुपमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ रहेका छन् ।
पूर्वप्रधानमन्त्री डा. भट्टराई र पूर्वउपप्रधानमन्त्री रहेका श्रेष्ठको उम्मेदवारीलाई संसारभरीबाट उत्सुकताका साथ हेरिएको छ ।
२१३ मतदानस्थल र २८२ मतदान केन्द्र रहेको गोरखामा १ लाख ६९ हजार भन्दा बढी मतदाता रहेको पनि निर्वाचन आयोगले जनाएको छ ।

https://sansarnews.com/?p=71676


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय

काठमाडौं । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग व्यक्तिगत

फर्शुराम भुर्तेल,पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा माओवादी शक्ति पुर्नसंगठित हुँदै अघि

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा