१० मंसिर, पाँचथर । पाचथरको फिदिम नगरपालिका वडा नम्बर ३ मा रहेको मतदान केन्द्रमा पुरुष कर्मचारी र सुरक्षकर्मी बिना नै मतदान भईरहेको छ ।
। प्रमुख निर्वाचन अधिकृत मनोज केसीका अनुसार उक्त मतदानस्थलमा रहेका २ वटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहायक मतदान अधिकृत, कर्मचारी र सबै सुरक्षाकर्मीहरु पनि महिला नै रहेका छन् । तर मतदाता भने दुवै पुरुष तथा महिला रहेका छन् । उक्त मतदान केन्द्रहरुलाई नमुना मतदान केन्द्रको रुपमा लिइएको छ ।
ती मतदान केन्द्रहरुमा महिला विकास अधिकृत निर्मला दाहाल र शिक्षक दयादेवी रिजाललाई मतदान अधिकृतका रुपमा खटाइएको छ ।
जिल्लामा रहेका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतमध्ये ५ जना महिला मतदान अधिकृत छन् ।