Logo
२२ मंसिर २०७८, बुधबार
     Wed Dec 8 2021
E-paper
  English Edition
   Unicode
Logo

स्पेनमा एकता समाज गठन



durga-sharma
युरोपियन मुलुक स्पेनमा पनि नेपाली एकता समाज गठन भएको छ । रूसको अक्टोबर समाजवादी क्रान्तिले एक सय वर्ष पुरा गरेको दिन ७ नोभेम्बर २०१७ अर्थात् २०७४ कार्तिक २१ गतेका दिन राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा स्पेनको वार्सिलोनामा सम्पन्न एक भेलाबाट सो समिति गठन गरिएको हो ।

गठित समितिको अध्यक्ष दुर्गा शर्मा रहनुभएको छ । शर्मा अखिल (छैठौँ) का पूर्व केन्द्रीय अध्यक्ष र राजमो अध्यक्ष चित्रबहादुर केसी नेपाल सरकारको उपप्रधानमन्त्री रहेका बेला उहाँको स्वकीय सचिव हुनु हुन्थ्यो । यस्तै समितिको सचिवमा जयराम रेग्मी रहनुभएको छ । समितिका सदस्यहरूमा प्रगति शर्मा, अञ्जिला रेग्मी, माया थापा र भूपाल शर्मा रहनु भएको छ । सात सदस्यीय सो समितिको एक स्थान हाललाई रिक्त राखिएको छ ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले स्पेनमा गठन गरिएको नेपाली एकता समाजले नेपालको जनतान्त्रिक आन्दोलनलाई नयाँ उचाइमा उठाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । देशमा प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो पटक निर्वाचन हुन गई रहेको प्रसङ्ग उठाउँदै प्रमुख अतिथि शर्माले सम्बोधनको क्रममा राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय अखण्डता र गणतन्त्र विरोधी शक्तिहरूलाई परास्त गर्न सक्दो मद्दत पुर्‍याउन स्पेनमा रहेका प्रवासी नेपालीहरूसँग हार्दिक अपिल पनि गर्नु भयो । “देशको राष्ट्रियता यति बेला गम्भीर सङ्कटमा परी रहेको छ ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली काङ्ग्रेस नेतृत्वको गठबन्धनले जित्यो भने नेपाली राष्ट्रियता, सार्वभौमिकता र गणतन्त्र झनै सङ्कटको भुमरीमा फस्ने छ” नेता अधिकारीले भन्नुभयो– “आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसलाई पराजित गर्नु सबै देशभक्त स्वाभिमानी नेपालीहरूको साझा दायित्व बनेको छ ।” राष्ट्रिय जनमोर्चाले राष्ट्रियता र गणतन्त्रको पक्षमा खेली रहेको भूमिकाको चर्चा गर्दै नेता अधिकारीले राष्ट्रिय जनमोर्चाको उम्मेदवारी रहेका ठाउँमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार र राजमोका उम्मेदवारहरू नभएका ठाउँमा वाम गठबन्धनका उम्मेदवारहरूको पक्षमा सामाजिक सञ्जाल मार्फत् भए पनि प्रचार प्रसारमा लाग्न आह्वान समेत गर्नु भयो । प्रवासको भूमिमा सिकेको सिप र ज्ञानलाई स्वदेशमा फर्केर प्रयोग गर्नु पर्नेमा जोड दिदै उहाँले भन्नु भयो– “देश बदल्न अन्ततः तपाईहरू पनि देशभित्रै जानु पर्छ । यहाँ सिकेको सीप र ज्ञानलाई तपाईहरूले देशभित्रै गएर प्रयोग गर्नु पर्दछ ।”

रोजगारीको सिलसिलामा युरोपको स्पेनमा पुगेका नेपालीहरूको सो भेलाले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राष्ट्रिय जनमोर्चा र वाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आ–आफ्नो क्षेत्रबाट मद्दत पुर्‍याउने निर्णय समेत गरेको छ । त्यस्तै, भेलाले स्पेनमा रोजगाररत श्रमजीवी प्रवासी नेपालीहरूका बीचमा व्यापक सम्पर्क बढाई भेटघाट, छलफल र अन्तक्र्रिया जस्ता कार्यक्रमहरू चलाउँदै सङ्गठनलाई बृहत् र व्यापक बनाउने निर्णय समेत गरेको नव निर्वाचित अध्यक्ष दुर्गा शर्माले बताउनु भयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक

काठमाडौं । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिबेशनबाट पार्टी केन्द्रीय सदस्यमा १३७ नयाँ अनुहार थपिएका

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरु गत साउन २५ देखि निरन्तर आन्दोलनमा

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला