पोल्याण्ड । अन्तरास्ट्रिय नेपाली कलाकार समाज पोल्याण्डको आयोजनामा ईनास सांगितीक साँझ सम्पन्न भएको छ ।
पोल्याण्डको वार्सामा चलचित्र निर्देशक सुदर्शन थापाm नायिका पूजा शर्मा र कलाकार अनिल परियारको उपस्थितिमा २४ नोभेम्बरका दिन सम्पन्न भएको हो ।
आश्विन परियार र बिनय अधिकारीको सहकार्यमा ईनास पोल्याण्डद्धारा आयोजा गरिएको उक्त कार्यक्रममा २६ नोभेम्बरमामा अनाथ बालबालिकाको सहयोगार्थप्रदर्शन गर्न लागिएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ कै एउटा अंग भएको वार्षावाट ईनास अध्यक्ष श्रीकृष्ण न्यौपानेले जानकारी गराएका छन् ।
प्रबाशी मंच पोल्याण्डका अध्यक्ष लक्ष्मी भट्टराई, जनसम्पर्क समिति पोल्याण्डका प्रतिनिधि रामचन्द्र न्यौपाने, गैरआवाशीय नेपाली संघ पोल्याण्ड अध्यक्ष गोपाल राई एबम संरक्षक डा. बोधराज सुबेदी, ईनास ग्लोबल उपाध्यक्ष मित्रलाल पार्दे लगायत सयौको संख्यामा उपस्थित भएका नेपाली एबंम बिदेशीहरुलाई ईनास पोल्याण्डका उपाध्यक्ष अमृत कुमार गुरुङ्गले स्वागत गरेका थिए ।सो अवसरमा अतिथिहरुले शुभकामना मन्तव्यमा ईनासप्रति आभार र शुभकामना ब्यक्त गरेका थिए ।
यस्तो गीत गाउँछुको माध्यम बाट युरोपयात्रा पोल्याण्डबाट सुरुवात गर्न पाउदाँ खुशी तथा पोल्याण्डबासी नेपालीहरुले नेपाली गीत संगीत र चलचित्रप्रति देखाएको माया र ईनास पोल्याण्डको मेहनत प्रति निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले आभार ब्यक्त गरेका थिए ।
बाल कलाकार अपि न्यौपानेको ‘भन्छु आज मनका कुरा’ बोलको गीत बाट सुरु भएको नृत्य पश्चात अशोक दवाडिका गजल, सुबास पोख्रेल र एकमाया पुलामीको दोहोरी गीत, अश्विन परियारको चुट्किला, सन्तोष अधिकारीको गीत, सिम्रन श्रेष्ठ, आंचल सुबेदीको नृत्यले कार्यक्रमलाई रोचक बनाएको थियो । साथै कलाकार अनिल परियार र नायिका पुजा शर्माका प्रस्तुतिले कार्यक्रमलाई अझ आकर्षित बनाएको थियो ।
ईनास पोल्याण्डका अध्यक्ष श्रीकृष्ण न्यौपानेको कार्यक्रम संचालन सैली र बिचबिचमा उनका गजल र मुक्तकले कार्यक्रमलाई अझै सफल बनाएको बताइएको छ । ब्यबस्थापनमा सहयोग गर्ने ईनास पोल्याण्डका महासचिब सोम सैंजु, कल्पना न्यौपाने लगायत सबैलाई ईनास पोल्याण्डले हार्दिक धन्यबाद दिएको छ ।