back

पहिलो चरणको मतदान सम्पन्न, छिटफुट घटना बाहेक शान्तिपुर्ण मतदान

वि.सं.२०७४ मंसिर १० आइतवार

501 

shares
IME Limited
NTC AD

matdan2१० मंसिर, काठमाडौं । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भएका ३२ जिल्लामा मतदान सम्पन्न भएको छ ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ती जिल्लाका मतदाताले केन्द्रमा पुगेर मतदान गरेका थिए ।

यतिबेला अधिकांश मतदान केन्द्रमा मतदान प्रक्रिया सकिएर मतपेटिका सील गरे सदरमुकाम पठाउने तयारी हुँदैछ । तर हेलिकोप्टर प्रयोग गर्नुपर्ने उच्च हिमाली क्षेत्रका मतपेटिका भने भोलि  सोमबार बिहान मात्र सदरमुकाम ल्याइने निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा समग्रमा ७३ प्रतिशत मत खसेकोमा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करिव ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ ।

सोलुखुम्बुको तिङलाका जनताले मतदान बहिस्कार गरेका छन् भने पश्चिम रुकुमको बाफीकोटस्थित रत्न मावि मतदान केन्द्रमा मतपत्र जलाइएपछि त्यहाँ प्रतिनिधिसभातर्फ मंसिर २१ गते पुनः मतदान हुनेछ ।

ताप्लेजुङ, सिन्धुपाल्चोक, गोरखा लगायतका जिल्लाहरुमा मतदानका क्रममा छिटपुट झडप भएका सामाचार आएपनि मानवीय क्षति भने भएको छैन ।

 

वि.सं.२०७४ मंसिर १० आइतवार १२:०४ मा प्रकाशित

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ताबाट बर्खास्त भएका...

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा...

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा सुतेकी एक महिलाको सर्पले डसेर...

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ ।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...