Logo
२५ माघ २०७९, बुधबार
     Wed Feb 8 2023
E-paper
  English Edition
   Unicode
Logo

नुवाकोटमा ११५ वर्षीया वृद्धाबाट मतदान



१० मंसिर, नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले मतदान गर्नुभएको छ ।

ककनी गाँउपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट लामिछानेले आज अपराह्न मतदान गर्नुभएको हो । उहाँले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गर्नुभएको मतदान अधिकृत अर्जुन लामाले जानकारी दिनुभयो ।

विसं १९५९ साल चैत १० गते जन्मनुभएका लामिछानेले मत दिएपछि मुलुकमा शान्ति, समृद्धि र सबैले सुख पाउने आशा गरेको बताउनुभयो ।

यस्तै सूर्यगढी गाउँपलिका–३ का १०१ वर्षका अनन्तप्रसाद अधिकारीले पनि आज भएको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी हुनुभयो । नाती समुन्द्रबाबुको सहयोगमा बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मत दिनुभएको मतदान अधिृकत शम्भुप्रसाद चौधरीले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनभित्र निकै पेचिलो अवस्था सिर्जना गराएको छ । एमालेले

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।