back

निर्वाचन समग्रमा सन्तोषजनक –काहुरास्ट नेपाल

वि.सं.२०७४ मंसिर १० आइतवार

342 

shares
GLOBAL IME AD
NTC AD

cahurast-nepal
१० मंसिर, काठमाडौँ । मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान(काहुरास्ट) नेपालले ३२ जिल्लाबाट ३७ प्रतिनिधिसभा सदस्य, ७४ प्रदेशसभा सदस्य तथा समानुपातिक निर्वाचनका लागि आज सम्पन्न निर्वाचन सन्तोषजनक रहेको जनाएको छ ।

संस्थाका महासचिव मीना शर्माद्वारा जारी प्रेस वक्तव्यमा निर्वाचन सन्तोषजनक रुपमा सम्पन्न भएको जनाइएको छ । वक्तव्यमा चुनाव बिथोल्ने नियतले केही ठाउँमा मतदातालाई आतंकित बनाउने किसिमले गोरखा, बाग्लुङ, ताप्लेजुङ, बझाङ, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोकका केही मतदान केन्द्रमा भएका केही घटना हुँदा केही समयसम्म स्थिति असहज बने पनि समग्रमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उल्लेख छ । तीनवटा मतपेटीकामा मतपत्र खसाल्नु पर्दा केही समय लागेको भए पनि मतदाताले आफ्नो अधिकारको प्रयोग गर्न सकेको पनि सो वक्तव्यमा जनाइएको छ ।

वक्तव्यमा मतदाताहरु बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानमा सहभागी मतदाताहरु धैर्यतापूर्वक लाइनमा बसी सहभागी रहेको, बृद्ध, महिला तथा असक्तहरुको उपस्थिति पनि उत्साहप्रद रहेको तर केही ठाउँका मतदान केन्द्रहरु अपाङ्गमैत्री नभएको बताइएको छ ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नं ५ को रत्न मावि ‘क’ मतदान केन्द्रको प्रतिनिधिसभाको मतपेटीकामा र सोही जिल्लाको आठबीसकोट नगरपालिका वडा नं ११ स्थित राष्ट्रिय मावि गत्तसैना ‘ख’ मतदान केन्द्रको समानुपातिक मतपेटिकामा एसिडका कारण आगलागी भएका कारण मतदान कार्य स्थगित भएको पनि वक्तव्यमा जनाइएको छ ।

निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुमा सुरक्षाको व्यवस्था, निर्वाचन तयारी र व्यवस्थापन सन्तोषजनक रहेको जनाउँदै पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले यहि मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न हुने अपेक्षा गर्न सकिने बताइएको छ ।

“२०७२ मा जारी संघीय संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकास गर्ने क्रममा भएको यो निर्वाचनले नेपाली जनताको अधिकार स्थापना गर्न सहयोग पुग्दछ भन्ने हामीलाई लागेको छ” वक्तव्यमा उल्लेख छ ।

वि.सं.२०७४ मंसिर १० आइतवार १५:५२ मा प्रकाशित

‘समझदारीमार्फत दुवै पक्षबाट ‘इपिजी’ प्रतिवेदन बुझ्नेतिर लाग्नेछौँ’

‘समझदारीमार्फत दुवै पक्षबाट ‘इपिजी’ प्रतिवेदन बुझ्नेतिर लाग्नेछौँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतले संयुक्त...

यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने

यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन ‘स्टार्टअप’...

प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको भेट

प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका माल्दोभाका...

आजदेखि एसइई सुरु

आजदेखि एसइई सुरु

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ ।...

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु...

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा...