back

एमालेले जनतालाई खुल्ला कैदी बनाएको नेता पौडेलको आरोप

वि.सं.२०७४ मंसिर ११ सोमवार

588 

shares
GLOBAL IME AD
NTC AD

ramchandra-poudel११ मंसिर, दमौली, तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साविक तनहुँको क्षेत्र नं ३ का जनतालाई एमालेले खुल्ला कैदी बनाएको आरोप लगाउनुभएको छ ।

तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ को मर्कोटको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो आरोप लगाउनुभएको हो ।

सो क्षेत्रमा एमालेले विकास निर्माणका कामसमेत हुन नदिएको पौडेलले बताउनुभयो । एमालेले त्यस क्षेत्रका बासिन्दालाई अभिव्यक्ति स्वतन्त्रता हुनबाट समेत वञ्चित गराई लोकतन्त्रवादीसँग आफ्ना कुराहरू भन्न नदिने गरेको पौडेलले बताउनुभयो ।

त्यस क्षेत्रमा काँग्रेसको जनलहर आएको भन्दै तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका नेता पौडेलले लोकतान्त्रिक गठबन्धनले अत्यधिक मतले चुनाव जित्ने दाबी गर्नुभयो ।

क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर भण्डारीले यस क्षेत्रको मोटरबाटो र सिँचाइको पूर्वाधार विकास गर्न नेपाली काँग्रेसले अगुवाइ गर्ने बताउनुभयो । त्यसका लागि निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो । रासस

वि.सं.२०७४ मंसिर ११ सोमवार ०२:४९ मा प्रकाशित

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

पाटन (ललितपुर) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम...

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई...

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

गलेश्वर (म्याग्दी) । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक...

गोरखनाथ सामुदायिक वनमा डढेलो

गोरखनाथ सामुदायिक वनमा डढेलो

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक...

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखा । भीमसेन थापा गाउँपालिका-६ अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण...