back

जंगली माहुरीको मह काढ्न गएका चौधरीको मृत्यु

वि.सं.२०७४ मंसिर ११ सोमवार

831 

shares

११ मंसिर,दाङ । जंगली माहुरीको मह काढ्न गएका एकजना व्यक्तिको लडेर मृत्यु भएको छ भने थप एकजना गम्भीर घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं ९ कर्मटिया निवासी ४५ वर्षीय रेञ्जलाल चौधरी घर नजिकै सिमलको रुखमा जंगली माहुरीको मह काढ्न गएका बखत लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चौधरी आफ्नो घरनजिकैको सिमलको रुखमा चढेर मह काढ्ने क्रममा माहुरीले टोकेपछि लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एवं प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो ।

त्यस्तै मह काढ्न गएकै समयमा लमहीमा अर्का एकजना व्यक्ति लडेर गम्भीर घाइते भएका छन् । लमही नगरपालिका वडा नं ७ कमनपुस्थित सम्राट श्रीमेन्ट उद्योगको तीनतले भवनमा मह काढ्न गएका स्थानीयवासी २४ वर्षीय बुद्धिराम चौधरी लडेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७४ मंसिर ११ सोमवार ०३:०१ मा प्रकाशित

Himalayan Life AD
यी हुन् प्रतिनिधिसभाका लागि पाल्पा कांग्रेसबाट सिफारिस २१ उम्मेदवार

यी हुन् प्रतिनिधिसभाका लागि पाल्पा कांग्रेसबाट सिफारिस २१ उम्मेदवार

तानसेन (पाल्पा) । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने...

गण्डकीमा मानसिक समस्याका बिरामी बढे्, उपचारका लागि अस्पतालको अभाव

गण्डकीमा मानसिक समस्याका बिरामी बढे्, उपचारका लागि अस्पतालको अभाव

गण्डकी । गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन...

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

नवलपुर । देवचुली नगरपालिका नवलपुरमा राहात दरबन्दीमा कार्यरत एक शिक्षिका...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति...

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन...