Logo
२३ मंसिर २०७८, बिहीबार
     Thu Dec 9 2021
E-paper
  English Edition
   Unicode
Logo

मन र मतलाई परिवर्तन गर्न संयोजक मिश्रको आग्रह



rabindra-mishra

११ मंसिर,नेपालगञ्ज । विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले राजनीतिमा दलहरूले खेलेको भूमिकाको मूल्यांकन र उम्मेदवारको पृष्ठभूमिका आधारमा मतदान गर्न नागरिकलाई आग्रह गर्नुभएको छ ।

सो पार्टीद्वारा आइतबार यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नागरिकले सही दल र उम्मेदवारलाई भोट नदिए मुलुक र नागरिकले थप क्षति व्यहोर्नु पर्छ ।”

“सबै जनतालाई दलहरूले राजनीतिको गाढा रंगमा रंगाएका छन्, नेता सुविधाभोगी छन्, नागरिकले अभाव, कष्ट झेलिरहेको अवस्था छ, अब पनि हामीले मन र मतलाई परिवर्तन गर्न सकेनौँ र राजनीतिको रंग पखाल्न सकेनौँ भने हाम्रो भविष्य सुरक्षित हुन सक्दैन”, संयोजक मिश्रको भनाइ थियो ।

निरन्तर संविधान परिवर्तन गरेर मात्र अधिकार प्राप्ति नहुने धारणा राख्दै उहाँले नागरिकको अधिकारलाई समृद्धि र विकाससँग जोडनु नै आफ्नो पार्टीको मार्गचित्र हुने बताउनुभयो ।

त्यस अवसरमा सो पार्टीका केन्द्रीय सदस्य गेहेन्द्र दाहाल, किशोर थापा र बाँके क्षेत्र नं. २ प्रदेश सभाका उम्मेदवार डा. बिनोद कर्णले डुब्न लागेको मुलुकको राजनीतिक डुंगालाई जोगाउन आफूहरू राजनीतिमा आएको बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बागमती प्रदेशको रसुवा जिल्लामा बुद्धिजीवीहरुले सम्मेलन सम्पन्न गरेका छन् । नेकपा (माओवादी

काठमाडौं । के तपाईं घर बनाउनका लागि जग्गाको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने

काठमाण्डौं । नेकपा माओवादी केन्द्रले पार्टीको ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ ।

भक्तपुर । आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३