back

धरावासीको ‘ग्रेट फल्स’ अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित

वि.सं.२०७४ मंसिर ११ सोमवार

582 

shares

greatfallsझोला चलचित्रका लेखक तथा साहित्यकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित भएको छ ।
धरावासीले खुशी व्यक्त गर्दै अनेसासलाई धन्यबाद दिएका छन् ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्यका विविध विधामा लेखिएका उत्कृष्ट पुस्तकहरुलाई प्रदान गर्ने गरेको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१७ को नतिजा छापा बिज्ञप्ति जारि गर्दै सार्वजनिक गरेको छ ।

उपन्यासकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास यस वर्ष २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तकका रुपमा घोषित भएको छ । सर्वोत्कृष्ट पुस्तक पुरस्कारको राशी अमेरिकी डलर $ १,५०० रहेको छ ।

अनेसास डा श्याम कार्की/इन्दिरा कार्की सर्वोत्कृष्ट डायस्पोरिक पुस्तक पुरस्कार उपन्यासकार मीनराज वसन्तको मुदिर उपन्यासले प्राप्त गर्ने भएको छ । यस पुरस्कारको राशी अमेरिकी डलर ५०० रहेको छ ।

अनेसास रोहिणी शर्मा/सीता शर्मा सर्वोत्कृष्ट डायस्पोरिक नारी पुरस्कार भारती गौतमको अमेरिकामा आमा शीर्षकको उपन्यासलाई प्रदान गरिने भएको छ । यस पुरस्कारको राशी अमेरिकी डलर $ ५०० रहेको छ ।

bharati-gautam

अनेसास सर्वोत्कृष्ट नारी साहित्य पुरस्कारका लागि यस वर्ष पद्मावती सिंहको निःशब्द यात्रा उपन्यास सिफारिश भएको छ । बोर्ड अफ ट्रस्टी सुमन तिम्सिनाले स्थापना गर्नुभएको यस पुरस्कारको राशी अमेरिकी डलर ४०० रहेको छ ।

यसै गरी अनेसास शिव लामिछाने सर्वोत्कृष्ट छन्दोबद्ध काव्य पुरस्कारका लागि कवि सुदीपभद्र खनालको ‘भुइँफूलको गीत’ कवितासङ्ग्रह चयन भएको छ । यस पुरस्कारको राशी अमेरिकी डलर २५० रहेको छ ।

२०० डलरको पुरस्कार राशी रहेको अनेसास गीता खत्री सर्वोत्कृष्ट गजल पुरस्कारका लागि रामजी घिमिरेको गजल सङ्ग्रह १०१ गजलहरु चयन भएको छ ।

शिव विश्वकर्माले प्रायोजन गर्नुभएको २०० डलर राशीको अनेसास शिवशोभा अन्तर्राष्ट्रिय भाषासाहित्य पुरस्कार सागर मुखियाको कवितासङ्ग्रह ‘फर्विडन’लाई दिइने भएको छ ।

अनेसास गोबर्धन पूजा अन्तर्राष्ट्रिय भाषासाहित्य पुरस्कारका लागि कवयित्री कल्पना सत्यालको कवितासङ्ग्रह ‘द विलो’ चयन भएको छ । यस पुरस्कारको राशी २०० डलर रहेको छ ।

अनेसास गोपाल विश्वकर्मा अन्तर्राष्ट्रिय नवप्रतिभा पुरस्कारका लागि कवि गुणराज लुइँटेलको ‘जलेको मन कवितासङ्ग्रह’, अनेसास प्रकाश नेपाल सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय नियात्रा लेखन पुरस्कारका लागि नियात्राकार नगेन्द्र न्यौपानेको ‘कङ्गो इथियोपियाको सेरोफेरो नियात्रा’, अनेसास सीता पाण्डे सर्वोत्कृष्ट मेची पुरस्कारका लागि किरण ढुङ्गानाको संस्मरण कृति मन्ट्रियल क्याफेलाई प्रदान गरिने भएको छ ।

यी पुरस्कारहरुको राशी दुईदुई सय डलर रहेको छ । यस्तै कथाकार डा बेञ्जु शर्माको कथाकृति बेञ्जु शर्माका कथाहरु नामक कृतिलाई अनेसास चेतनाथ घिमिरे कोशी पुरस्कार, भगवती बस्नेतको मर्दको माया कथाकृतिका लागि अनेसास गोविन्द गिरि ‘प्रेरणा’ नारायणी पुरस्कार, नगेन्द्रराज पौडेलको सीडीओका सत्र वर्ष संस्मरणात्मक कृतिका लागि अनेसास पदम विश्वकर्मा गण्डकी पुरस्कार तथा शारदा सुवेदीको भोको पेट संस्मरणका लागि अनेसास रोहिणी शर्मा धौलागिरि पुरस्कार प्रदान गरिने भएको छ । यी पुरस्कारहरुको राशी दुईदुई सय डलर रहेको छ ।

यस वर्ष प्रदान गरिने अनेसास लोकनाथ तिवारी बालसाहित्य पुरस्कार मुक्तिप्रसाद उपाध्यायको भारतेली नेपाली बालसाहित्य नामक पुस्तकलाई प्रदान गरिनेछ । यसै गरी अनेसास शान्तिराम ढकाल अन्तर्राष्ट्रिय नवप्रतिभा साहित्य पुरस्कार शकुन ज्ञवालीको तिमी र म कवितासङ्ग्रहलाई प्रदान गरिनेछ भने अनेसास भीममाया साहित्य पुरस्कारका लागि कवि लालगोपाल सुवेदीको कविताकृति सवालटर्न पात चयन भएको छ । यी पुरस्कारहरुको राशी दुई-दुई सय डलर रहेको छ ।

sagun

विश्वका विभिन्न मुलुकमा रहेका लेखकहरुबाट प्राप्त भएका विभिन्न विधामा सन् २०१५ जनवरी १ देखि २०१६ को डिसेम्बर ३१ सम्म प्रकाशित भएका कृतिहरु अनेसासको केन्द्रीय कार्यालय वासिंटन डीसी तथा अनेसास नेपाल च्याप्टर काडमाडौँमा २०१७ को मार्च ३१ तारिखभित्रमा व्यक्तिगत वा हुलाकमार्फत् प्राप्त भइसकेका कृतिहरुमात्र यस पुरस्कारका लागि मूल्याङ्कन गरिएका थिए ।

दुई चरणमा तीनतीन जना भाषासाहित्यविज्ञहरुबाट मूल्याङ्कन गराएपछि अनेसास बोर्ड अफ ट्रस्टिज् पुरस्कार समितिका अध्यक्ष सीता पाण्डेले बोर्ड अफ ट्रस्टिज कार्यसमितिको यही नोभेम्बर १० मा बसेको नियमित मासिक बैठकमा पुरस्कृत पुस्तकहरुको नतिजा प्रस्तुत गर्नुभएको थियो । यसै बैठकबाट पुरस्कृत कृतिहरुको सूची सार्वजनिक गर्ने निर्णय गरिएको थियो ।

अनेसास उत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह आगामी सन् २०१८ जनवरी ६ तारिखका दिन वासिङ्टन डीसीमा आयोजना गरिने निर्णय बोर्ड अफ ट्रस्टिज कार्यसमितिको बैठकले गरेको छ ।

वि.सं.२०७४ मंसिर ११ सोमवार ०५:०९ मा प्रकाशित

Himalayan Life AD
अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिका । जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो...

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...