Logo
२१ मंसिर २०७९, बुधबार
     Wed Dec 7 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रबासी नेपाली मंच इजरायलद्वारा विरामीलाई २ लाख बढी आर्थिक सहयोग



help1प्रबासी नेपाली मंच इजरायलले दुवै मृगौला फेल भएका पुष्कर धिताललाइ २ लाख १२ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

काभ्रे जिल्ला बनेपा नगरपालिका वडान ६ बस्ने राम प्रसाद धितालको छोरा पुष्कर धिताल बिगत पाँचबर्ष देखी दुवै मृगौला फेल (Esrd & Stage Renal Disease) भै मानब प्रत्यारोपण केन्द्रमा मृत्युसँग पौठेजोरी खेलिरहेको थियो ।
धितालको अबस्था अत्यन्तै कमजोर भयकोले हरेक हप्ता दुईपटक डाइलोसीस गर्नुपर्ने आबस्यक सर्जिकल सामान तथा औषधी जुटाउन नसक्ने अबस्था आएको थियो । दुवै मृगौला काम नलाग्ने भएपछि प्रत्यारोपणको बिकल्प नभएका कारण सहयोग जुटाउन लागेको मंचले जनाएको छ ।

help2
उक्त रकम पुष्कर धितालको बुबा राम प्रसाद धिताललाई नगद रू २,१२००० (अक्षरूपि दुईलाख बाह्रहजार) वहाँको घरमा गएर हस्तान्तरण गरेको पनि मंचले जानकारी दिएको छ ।

धितालको किड्नी प्रत्यारोपण हुमन अग्र्यान ट्रान्सप्लान्ट भक्तपुरमा सफलतापूर्वक किड्नी प्रत्यारोपण भएको बताइएको छ ।
जसका लागी इजरायलबास सम्पूर्ण सहयोगी मनका धनि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई प्रबासी नेपाली मंच इजरायलले धन्यवाद दिएको छ ।
उक्त सहयोग हस्तान्तरण कार्यमा सहयोगी भूमिका निर्वाह गर्नुहुने समाजसेबी नारायण धिताल तथा कामदार सहयोगी मंच इजरायलका पूर्बअध्यक्ष भूबन कुँबरलाइ हार्दिक आभार व्यक्त गर्दछौ ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा भूबन कुँबरले प्रवासी नेपाली मंच(एमाले), इजरायल परिवारलाई विेशेष धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि मानविय सेवाको कार्यमा अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको छिनोफानो नहुँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको