back

अनेसास कोरियाको प्रथम एसियाली नेपाली साहित्य सम्मेलन 

वि.सं.२०७४ मंसिर १२ मंगलवार

153 

shares
NTC AD
Global IME AD

anasas-korea

सौल, कोरिया- कोरियाको राजधानी सौलमा प्रथम एसियाली नेपाली साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी सम्पन्न भएको छ। अनेसास कोरिया च्याप्टरको आयोजनामा दुई दिनसम्म चलेको उक्त सम्मेलनमा अमेरिका, अस्ट्रेलिया, जापान, हंकङ, नेपाल, सिक्किम, कोरिया लगायतका साहित्यिक स्रष्टा, सर्जक तथा भाषाविदहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको पहिलो दिनको सत्रमा आमन्त्रित अतिथि तथा विज्ञहरुबाट विविध विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो। अनेसास केन्द्रका उपाध्यक्ष भीमसेन सापकोटाले सकारात्मक सोंच र नेपाली साहित्यमा यसको आवश्यकता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने भयवादका प्रवर्तक देश सुब्बाले नेपाली साहित्यमा भयवाद विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। अनेसास सिक्किम च्याप्टरकी अध्यक्ष डा. पुष्पा शर्माले भारतमा नेपाली साहित्यको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। त्यसै गरी प्रा. डा. खगेन्द्रप्रसाद लुइंटेलले मानक नेपाली भाषाको चुनौती र हालसम्मका कार्यप्रगतिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। अनेसासका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोरियाको लागि कार्यवाहक राजदुत किरण शाक्यको सहभागिता थियो ।

anasas

अनेसास कोरियाले प्रथम एसियाली अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी समारोहका प्रमुख अतिथि, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका वरिष्ठ प्राध्यापक तथा डायस्पोरा नेपाली साहित्यका विज्ञ वरिष्ठ समालोचक, साहित्यकार, भाषाविद् प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलज्यूलाई नेपाली भाषासाहित्यको विकास, विस्तार र उन्नयन, डायस्पोरा नेपाली साहित्यलाई स्पष्ट दिशानिर्देश, नेपाली साहित्यको विश्वव्यापीकरणका साथै भाषिक आन्दोलनको कुशल नेतृत्व गरी मानक नेपाली भाषाको पुनःस्थापना तथा मानकीकरणमा अतुलनीय एवं अद्वितीय योगदानको उच्च कदर गर्दै विशिष्ट सम्मान र अभिनन्दन गरेको थियो। केन्द्रका अध्यक्ष पदम विश्वकर्मालाई साहित्य सिर्जनाका साथै लामो समयसम्म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय नेतृत्वमा रही संसारका विभिन्न मुलुकमा स्वयं पुगेर अनेसासलाई संसारभर विस्तार गर्न विशिष्ट योगदान पुर्याउनु भएकाले सम्मान प्रदान गरेको थियो। सो अवसरमा आयोजकले देश सुब्बा, डा. पुष्पा शर्मा र भीमसेन सापकोटालाई प्रसंशापत्र प्रदान गरेको थियो भने अनेसास संगीत सम्मान डि आर अटुलाई प्रदान गरेको थियो।

अध्यक्ष विश्वकर्माले नेपाली साहित्यको विकासमा अनेसास कोरियाको योगदानको कदर गर्दै कोरिया च्याप्टरलाई प्रसंशापत्र प्रदान गर्नु भएको थियो। आयोजकले साहित्यकार राधेश्याम लेकालीकृत ‘आउदैछ एउटा मान्छे’विमोचन गरेको थियो। सो अवसरमा राधेश्याम लेकाली, विष्णुप्रसाद घिमिरे ,प्रकाश पौडेल ‘माइला’,कृश बाबु गुल्मेली, प्रमोद सारंग, बिनोद परिवर्तित, बलदेव भट्टराइ, डी.आ.र नेउपाने ‘सुर्य’ सरोज सर्वहारा, गङ्गा बस्नेत, गोपिकृष्ण लामिछाने, जीवन भण्डारी, जनक सन्याल, जुनु गुरुङ, लक्ष्मी गुरुङ, अन्जु के.सि. लगायत सयौँलाई प्रसंसापत्र र कदरपत्र प्रदान गरिएको थियो ।

अनेसास कोरिया च्याप्टरका संयोजक तथा महासचिव प्रमोद सारंगले यो कार्यक्रम एतिहासिक र राष्ट्रिय गरौबको रहेको र नेपाली साहित्यको विकास, विस्तार र उन्नयनमा इँटा थपेको बताउनु भयो। उहाँले अनेसास कोरियाको विगत र वर्तमानबारे बोल्दै आगामी दिनमा अझ नवीन कार्यक्रमहरु गर्ने तयारीमा रहेको बताउनुभयो। सम्मेलनमा विभिन्न एसियाली मुलुक तथा कोरियामा रहेर कलम चलाउने सयभन्दा बढी सर्जकको सहभागिता रहेको थियो। दोश्रो दिनको सत्रमा सहभागीहरुले आफ्ना विभिन्न साहित्यिक सृजनाहरु प्रस्तुत गरेका थिए।

वि.सं.२०७४ मंसिर १२ मंगलवार ०९:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...