back

पत्रकार थापामाथिको आक्रमणबाट महासंघको ध्यानाकर्षण

वि.सं.२०७४ मंसिर १२ मंगलवार

336 

shares

nepal-patrakar-mahasang१२ मंसिर । नेपाल पत्रकार महासंघले सिन्धुपाल्चोक शाखाका सचिव दिनेश थापामाथि भएको आक्रमणबाट आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी विषयलाई लिएर थापामाथि भएको आक्रमणको घटनाप्रति महासंघका सचिव रेमबहादुर विश्वकर्माले प्रेस विज्ञप्ती जारी गर्दै महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

पत्रकार थापाको भनाई उद्दत गर्दै विज्ञप्तीमा भनिएको छ “मंसिर १० गते सुनकोशी गाँउपालिका बडा नं ६ स्थित आफ्नै घरमा बसिरहेको अवस्थामा साँझ ६. ३० बजेतिर तरुण दलका कार्यकर्ता प्रमोद तामाङ्गको नेतृत्वमा आएको समुहले आक्रमण गर्दा पत्रकार थापाको छाति तथा ढाडमा चोट लागेको छ ।”

अनलाईनखबरका स्थानीय संवाददातासमेत रहेका पत्रकार थापामाथिको आक्रमण प्रेस स्वतन्त्रतमाथि आक्रमण भएको महासंघको ठहर रहेको जनाइएको छ । “महासंघ घटनाको निन्दा गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसंग माग गर्दछ, विज्ञप्तीमा भनिएको छ ।

वि.सं.२०७४ मंसिर १२ मंगलवार १०:०३ मा प्रकाशित

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर...

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश...

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री...

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

हुम्ला (सिमकोट) । खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई...

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत...

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका...