back

निर्वाचनको समाचार संकलन कार्य सहज महासचिव विष्टको माग

वि.सं.२०७४ मंसिर १३ बुधवार

501 

shares
IME Limited
NTC AD

१३ मंसिर, पोखरा । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले निर्वाचनमा मतदानदेखि मतगणनासम्म समाचार संकलनका लागि सहज वातावरण हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा आज यहाँ आयोजित ‘निर्वाचनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो – “समाचार संकलन गर्दा निश्पक्ष, स्वतन्त्र र सत्यतथ्यमा आधारित भएर गर्नुपर्छ ।”

महासचिव विष्टले न्यूनतम पारिश्रमिक लगायतका समस्याको समाधानका लागि वर्तमान कार्य समिति क्रियाशील बन्ने विश्वास व्यक्त गर्दै महासंघमा सदस्यता शुद्धीकरणको आवश्यकता रहेको बताउनुभयो ।

महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले महासंघको सदस्यता परिचयपत्रलाई व्यवस्थित गर्दै वर्षेनी प्रदान गर्ने वातावरण तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले पत्रकारिता क्षेत्रमा पेशागत मूल्यमान्यता कायम हुनुपर्नेमा जोड दिनुभयो ।

महासंघका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठले सदस्यता परिचयपत्र वितरण लगायतका कुरालाई सम्बन्धित शाखामार्फत गर्ने व्यवस्था गरिएमा सहज बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेल, सुरेन्द्र थापा मगर, कमल पौडेल ‘अथक’ लगायतले आ–आफ्ना धारणा व्यक्त गर्नुभयो ।

वि.सं.२०७४ मंसिर १३ बुधवार ०७:४८ मा प्रकाशित

आज थप चार प्रदेशमा फैलियो मनसुन

आज थप चार प्रदेशमा फैलियो मनसुन

काठमाडौं । नेपालमा १५ दिन अगावै भित्रिएर रोकिएको मनसुन आज...

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती...

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

काठमाडौं । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन...

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

बागमती । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु...

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

गोदावरी (कैलाली) । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२...

कौरा संरक्षण गर्न प्रतियोगिता

कौरा संरक्षण गर्न प्रतियोगिता

दमौली (तनहुँ) । जिल्लाको भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका...