back
CTIZAN AD

डोल्पाका ६६ वटै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइयो

वि.सं.२०७४ मंसिर १४ बिहीवार

669 

shares

matpetika१४ मंसिर, दुनै, डोल्पा । डोल्पाका ६६ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको छ ।

निर्वाचन सम्पन्न भएको तीन दिनपछि सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको हो । मंगलबारसम्म ५८ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइए पनि बाँकी आठ वटा मतदान केन्द्रका मतपेटिका बुधबार आज मात्र सदरमुकाम ल्याइएको हो ।

निर्वाचन सम्पन्न भएलगत्तै सदरमुकाम आसपासका मतदान केन्द्रका मतपेटिका दुनै ल्याइएको र तल्लो डोल्पा तथा उपल्लो डोल्पाका केही मतदान केन्द्रका मतपेटिका मंगलबार सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

उपल्लो डोल्पाका २० वटा मतदान केन्द्रका मतपेटिका भने दुई दिन लगाएर सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याइएको उहाँले बताउनुभयो ।

वि.सं.२०७४ मंसिर १४ बिहीवार ०२:४६ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...