१४ मंसिर, दुनै, डोल्पा । डोल्पाका ६६ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको छ ।
निर्वाचन सम्पन्न भएको तीन दिनपछि सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको हो । मंगलबारसम्म ५८ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइए पनि बाँकी आठ वटा मतदान केन्द्रका मतपेटिका बुधबार आज मात्र सदरमुकाम ल्याइएको हो ।
निर्वाचन सम्पन्न भएलगत्तै सदरमुकाम आसपासका मतदान केन्द्रका मतपेटिका दुनै ल्याइएको र तल्लो डोल्पा तथा उपल्लो डोल्पाका केही मतदान केन्द्रका मतपेटिका मंगलबार सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
उपल्लो डोल्पाका २० वटा मतदान केन्द्रका मतपेटिका भने दुई दिन लगाएर सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याइएको उहाँले बताउनुभयो ।