back

घरेलु हिंसा न्यूनिकरण बारे भिक्टोरियामा छलफल

वि.सं.२०७४ मंसिर १४ बिहीवार

468 

shares
IME Limited
NTC AD

didibahini-samaj-victoria-1
२५ नोभेम्बर, मेलबर्नस्दिदीबहिनी समाज भिक्टोरियाले बढ्दो घरेलु हिंसा न्यूनिकरणका संभाबित उपाय र रोकथामलाई मुख्य विषय बनाएर त्यस क्षेत्रका नेपाली र अस्ट्रेलियाली बिज्ञहरुलाई सहभागी गराएर घरेलु हिंसासम्बन्धी कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योञ्जनले पितृसत्तात्मक संस्कारबाट आएको कारण हाम्रो समाजको घरेलु हिंसामा नेपाली संस्कारले निरन्तरता पाएको पाइने बताउनु भयो । नकारात्मक शक्ति बढी भएकाले जथाभावी लेख्ने र बोल्ने कामले सामाजिक हिंसा बढाउनेतर्फ इंगित गर्दै संस्थाको स्थापना कालदेखि नै यस्का उद्धेस्य प्राप्ती कार्यमा आफ्नो पूर्ण सहयोग रहेको र यस्लाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्नु भयो ।

मोरल्याण्ड सिटी काउन्सिलका मेयर जोन कभानाघले दिदीबहिनी समाज भिक्टोरियाद्धारा गरिने कार्यक्रम प्रभाबकारी हुने भएकोले काउन्सिल योसंग मिलेर काम गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा यस्का कार्यक्रमहरुमा सक्दो सहयोग गर्ने बताउनु भयो ।

didibahini-samaj-victoria-2

कार्यक्रममा इन टच मल्टिकल्चरल सेण्टर अगेन्स्ट फेमिली भायलेन्सका एक्जेक्युटिभ प्रोग्राम मैनेजर श्रीमती रोशन भण्डारी, अस्ट्रेलिया पुलिसका घरेलु हिंसा युनिटका सिनियर सर्जेण्ट तानिया गलाघर, नर्दन कम्युनिटी लेगल सेण्टरका मैनेजर हिथर म्याक्लिन, साइकिआट्रिस्ट कन्सल्ट्याण्ट डा अनुपम पोखरेल, बेरी स्ट्रीटका घरेलु हिंसा प्राक्टिसनर शोभा लम्सालले आ-आफ्नो क्षेत्रबाट बिशेष प्रस्तुती गरेका थिए ।

प्रस्तुतिपछि प्रदान गरिएको केस स्टडीमा समूहगत छलफल गरी समस्या समाधानमा आफूले के योगदान गर्न सकिने भनी सुझाबहरु सुझाइएका थिए । दिदीबहिनी समाज भिक्टोरियाका अध्यक्ष जमुना पराजुली द्धारा स्वागत गरिएको र कोषाध्यक्ष प्रभा श्रेष्ठद्धारा धन्यवाद ज्ञापन गरिएको थियो  उक्त कार्यक्रममा वि पी चिन्तन प्रतिष्ठान अष्ट्रेलियाका सभापति दुर्गा आचार्य एनआरएन अस्ट्रेलियाका केन्द्रिय सदस्य निराजन ज्ञवाली, एनआरएन भिक्टोरियाका सचिब गौतम लामिछाने, क्रेगिबर्न नेपाली समाजका प्रेमप्रसाद कंडेल आदिको उपस्थिति थियो ।
समाचार स्रोत : रामकुमार श्रेष्ठ

वि.सं.२०७४ मंसिर १४ बिहीवार ०९:५९ मा प्रकाशित

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

बेल्जियम । मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित...

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न दूतावासले थाल्यो नाम दर्ता

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न दूतावासले थाल्यो नाम दर्ता

काठमाडौँ । इजरायलको तेल अविवस्थित नेपाली दूतावासमा नेपालीको उद्धारका लागि...

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा एक नेपाली...

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

इन्दिरा चाम्लिङ, बेल्जियम । नेपाली जनप्रगतिशील मञ्चको अध्यक्षमा मनिष गुरुङ...

‘अफगानिस्तानको आगो’ लोकार्पण

‘अफगानिस्तानको आगो’ लोकार्पण

पोर्चुगल । अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित...

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

टोरन्टो । ’जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’...