back
CTIZAN AD

घरेलु हिंसा न्यूनिकरण बारे भिक्टोरियामा छलफल

वि.सं.२०७४ मंसिर १४ बिहीवार

777 

shares

didibahini-samaj-victoria-1
२५ नोभेम्बर, मेलबर्नस्दिदीबहिनी समाज भिक्टोरियाले बढ्दो घरेलु हिंसा न्यूनिकरणका संभाबित उपाय र रोकथामलाई मुख्य विषय बनाएर त्यस क्षेत्रका नेपाली र अस्ट्रेलियाली बिज्ञहरुलाई सहभागी गराएर घरेलु हिंसासम्बन्धी कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योञ्जनले पितृसत्तात्मक संस्कारबाट आएको कारण हाम्रो समाजको घरेलु हिंसामा नेपाली संस्कारले निरन्तरता पाएको पाइने बताउनु भयो । नकारात्मक शक्ति बढी भएकाले जथाभावी लेख्ने र बोल्ने कामले सामाजिक हिंसा बढाउनेतर्फ इंगित गर्दै संस्थाको स्थापना कालदेखि नै यस्का उद्धेस्य प्राप्ती कार्यमा आफ्नो पूर्ण सहयोग रहेको र यस्लाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्नु भयो ।

मोरल्याण्ड सिटी काउन्सिलका मेयर जोन कभानाघले दिदीबहिनी समाज भिक्टोरियाद्धारा गरिने कार्यक्रम प्रभाबकारी हुने भएकोले काउन्सिल योसंग मिलेर काम गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा यस्का कार्यक्रमहरुमा सक्दो सहयोग गर्ने बताउनु भयो ।

didibahini-samaj-victoria-2

कार्यक्रममा इन टच मल्टिकल्चरल सेण्टर अगेन्स्ट फेमिली भायलेन्सका एक्जेक्युटिभ प्रोग्राम मैनेजर श्रीमती रोशन भण्डारी, अस्ट्रेलिया पुलिसका घरेलु हिंसा युनिटका सिनियर सर्जेण्ट तानिया गलाघर, नर्दन कम्युनिटी लेगल सेण्टरका मैनेजर हिथर म्याक्लिन, साइकिआट्रिस्ट कन्सल्ट्याण्ट डा अनुपम पोखरेल, बेरी स्ट्रीटका घरेलु हिंसा प्राक्टिसनर शोभा लम्सालले आ-आफ्नो क्षेत्रबाट बिशेष प्रस्तुती गरेका थिए ।

प्रस्तुतिपछि प्रदान गरिएको केस स्टडीमा समूहगत छलफल गरी समस्या समाधानमा आफूले के योगदान गर्न सकिने भनी सुझाबहरु सुझाइएका थिए । दिदीबहिनी समाज भिक्टोरियाका अध्यक्ष जमुना पराजुली द्धारा स्वागत गरिएको र कोषाध्यक्ष प्रभा श्रेष्ठद्धारा धन्यवाद ज्ञापन गरिएको थियो  उक्त कार्यक्रममा वि पी चिन्तन प्रतिष्ठान अष्ट्रेलियाका सभापति दुर्गा आचार्य एनआरएन अस्ट्रेलियाका केन्द्रिय सदस्य निराजन ज्ञवाली, एनआरएन भिक्टोरियाका सचिब गौतम लामिछाने, क्रेगिबर्न नेपाली समाजका प्रेमप्रसाद कंडेल आदिको उपस्थिति थियो ।
समाचार स्रोत : रामकुमार श्रेष्ठ

वि.सं.२०७४ मंसिर १४ बिहीवार ०९:५९ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...