back

चार महिनामा ३१ जनामा एचआइभीे संक्रमण

वि.सं.२०७४ मंसिर १५ शुक्रवार

447 

shares
IME Limited
NTC AD

१५ मंसिर, धनगढी । एचआइभी संक्रमितको सेवाका लागि कैलालीमा सञ्चालनमा रहेको एआरटी सेन्टरमा पछिल्लो चार महिनामा ३१ जना एचआइभी संक्रमित फेला परेका छन् ।

सेती अञ्चल अस्पतालको एआरटी सेन्टर धनगढीमा कार्यरत एड्स हेल्थ केयर फाउण्डेशन नेपालका माधव पन्तका अनुसार पछिल्लो चार महिनामा सेती अञ्चल अस्पताल र टीकापुरमा सञ्चालनमा रहेको एआरटी सेन्टरमा ५५१ जनाको रगत परीक्षण गरिएको थियो ।

गत वर्ष यी दुवै सेन्टरमा एक हजार ८५७ जनाको रगत परीक्षण गरिएकामा ११७ जना संक्रमित भएको फेला परेको थियो । कैलालीमा पछिल्ला केही वर्षदेखि एचआइभी संक्रमितको संख्या घट्दै गएको छ । जिल्लामा पछिल्लो एक दशक यता ९सन् २००६ देखि हाल सम्म० एचआइभी संक्रमितको संख्या तीन हजार ४०३ पुगेकोमा दुई हजार ३७१ जनाले मात्र एआरटी सेवा लिने गरेको तथ्यांक छ ।

हाल एआरटी क्लिनिकमार्फत एक हजार १८९ संक्रमितले सेवा लिइरहेका छन् । एआरटी सेन्टरमार्फत् संक्रमितले एड्सविरुद्धको एआरटी औषधि सेवन गरिरहेका छन् ।

यसैबीच यस वर्षको विश्व एड्स दिवस कैलालीमा विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाउन थालिएको छ । अन्तरक्रिया, हाजिरीजवाफ प्रतियोगिता, बिरामीलाई फलफूल वितरण, एचआइभी परीक्षण, सूचना संदेश प्रसारणलगायतका चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक महेश चन्दले जानकारी दिनुभयो ।

वि.सं.२०७४ मंसिर १५ शुक्रवार ०७:४६ मा प्रकाशित

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज (पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...