back

इलाममा दुई महिलाको शंकास्पद मृत्यु

वि.सं.२०७४ मंसिर १६ शनिवार

660 

shares

१६ मंसिर, इलाम । फाकफोकथुम गाउँपालिका–१ चित्रेमा दुई महिलाको शंकास्पद मृत्यु भएको छ ।

यही मंसिर १२ गते बिहान सोही स्थानकी ३२ वर्षीया सन्चु राई गाईको गोठमा मृत फेला परेकी थिइन् । सन्चुको टाउकामा चोट लागेको र गाईले लात्तीले हानेको हुनसक्ने स्थानीयले अनुमान गरेको प्रहरीले जनाएको छ । सन्चुको मृत्यु भएको नजिक गाईलाई खुवाउन राखिएको घाँस नजिक फलामको ढुङ्ग्री (सोते) भेटिएको आमचोक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक देवीबहादुर कार्कीले जानकारी दिनुभयो ।

सन्चुको शव रहेको घटनास्थलको सर्जिमिन सकिएलगतै उनकै भतिजा बुहारी पर्ने सोही स्थानकी ३४ वर्षीया बिमला राई पनि उनकै घरमा झुण्डिएर मृत अवस्थामा फेला परेकी थिइन् । नाताले काकी सासु र भतिजा बुहारी पर्ने दुवैको मृत्यु भएपछि घटनाको अनुसन्धान भइरहेको इलामका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

मृतक दुवैको शवपरीक्षण भइसकेको छ । प्रहरीका अनुसार सन्चु र बिमलाको एकवर्ष अघि झगडा भएको थियो ।

वि.सं.२०७४ मंसिर १६ शनिवार ०२:४७ मा प्रकाशित

Himalayan Life AD
गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो...

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको...

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज...

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...