back

उम्मेदवारलाई लक्षित गरी बम विस्फोट, गाडीमा क्षति

वि.सं.२०७४ मंसिर १६ शनिवार

573 

shares

१६ मंसिर, तेह्रथुम ।  चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरी तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिममा आज बम विस्फोट भएको छ ।

शुक्रबारे बजारमा संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका एमाले पोलिटब्यूरो सदस्य तथा समानुपातिक उम्मेदवार डा विजय सुब्बा, माओवादी केन्द्रकी नेत्री तथा समानुपातिक उम्मेदवार सुशीला कन्दङवालगायत नेता चढेको गाडीलाई लक्षित गरी आङ्दिममा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

तेह्रथुम र धनकुटाको सीमा तेलिया खोला नजिकै आङ्दिममा भएको सो विस्फोटमा परी मे १ ज २०२ नम्बरको ल्याण्डरोभर गाडीमा क्षति पुगेको घटनास्थल पुगेका प्रहरी निरीक्षक गणेश कोइरालाले जानकारी दिनुभयो ।

तर गाडीमा सवार नेता कार्यकर्ता भने सकुशल रहेको उहाँले बताउनुभयो । सडकमा माटोले पुरेर राखेको बम पड्किएको हुनसक्ने प्रहरीको अनुमान छ । बम राख्नेको पहिचान हुन नसकेको र खोजीकार्य भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताउनुभयो ।

वि.सं.२०७४ मंसिर १६ शनिवार १०:११ मा प्रकाशित

Himalayan Life AD
झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील

झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाइ खुला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाइ खुला

दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खरखडाइ खु्ला...

गण्डकीमा महिलाको उम्मेदवारी कम

गण्डकीमा महिलाको उम्मेदवारी कम

गण्डकी । गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा...

बैतडी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

बैतडी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

दशरथचन्द (बैतडी) । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको...

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ । मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी...

जेनजी अभियान्ता भन्छन्ः निर्वाचन लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर

जेनजी अभियान्ता भन्छन्ः निर्वाचन लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर

काठमाडौँ । जेनजी अभियन्ताले आसन्न निर्वाचन मुलुकमा विधिको शासन र...