back

कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमनियामा नयाँ कार्यसमिति चयन

वि.सं.२०७४ मंसिर १८ सोमवार

756 

shares

kurdakistan
रोजगारीका लागि इराकको कुर्दिस्तान गएका नेपालीहरुको संस्था कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमनियामा नयाँ कार्यसमिति चयन गरिएको छ । समाजका अध्यक्ष लामा र सचिव सार्मिल तामाङ आफ्नो कार्य व्यस्थताले कुर्दिस्तान क्षेत्र भन्दा बाहिर रहेका कारण डिसेम्बर १ मा सिटिस्टार क्याफेको सभाहलमा समाजका उपाध्यक्ष युबराज मोक्तान तामाङको सभापतित्वमा बसेको बैठकले पुरानो कार्यसमितिलाई विघटन गरी नयाँ कार्यसमिति गठन गरेको हो ।

संस्थाले सिन्धुपाल्चोक पिस्करकी पत्थरी भएका सम्झना श्रेष्ठलाई ८ सय डलर, कुर्दिस्तानमा मृत्यु भएका कास्कीका अन्जाना नेपालीको लास पठाउन १ हजार १ सय डलर एनआरएनए सँगको सहकार्यमा साथै लिफ्ट चुडेर मृत्यु भएका दोलखाका पासाङ शेर्पालाई १ हजार ३ सय ६७ डलर, त्यस्तै पाठेघर क्यान्सर भएकी काभ्रेकी सरिता वाइबालाई ४ सय ५७ डलर सहयोग गरेको उक्त अवसरमा महासचिवले आफ्नो रिपोर्टमा जानकारी गराएका थिए ।

nepali-samaj-in-kurdakistan-nima-lama

नेपाली महिला समाज कुर्दिस्तान सुलेमनियाको अध्यक्ष सानू शेर्पाको प्रमुख आथित्यतामा भएको सो भेलामा निर्वाचन समितिको संयोजक रहेका श्याम माम्बा तामाङले संस्थाको नयाँ कार्यसमितिको नामावली पढेर सुनाएका थिए भने भेलाले सो नाम पास गरेको थियो ।

नयाँ कार्यसमितिको नामावली यसप्रकार छ :
अध्यक्ष : राजिवकुमार थिङ
उपाध्यक्ष : युवराज मोक्तान
महासचिव :दिलकुमार लामा
सचिव :निम लामा
कोषाध्यक्ष :कमल वाइबा तामाङ
सदस्यहरु :माला मोक्तान तामाङ, पेम्बी शेर्पा, निम शेर्पा, कान्छा लामा, तिर्थबहादुर तामाङ, ठूलो कान्छा शेर्पा रहेका छन् ।
त्यस्तै प्रमुख सल्लाहकारमा नुरि लामा र विशेष सल्लाहकारमा च्यङ्बा लामा, श्याम माम्बा तामाङ र श्याम घिसिङ तामाङ चयन गरिएका छन् भने सल्लाहकारमा सानु शेर्पा र सन्जय पाख्रिन तामाङ चयन भएका छन् ।

सुलेमनियामा रहेका नेपाली समुदायलाई एकीकृत गर्दै सामाजिक लक्ष्यका साथ सन् २०१६ फ्रेबुअरी २६ मा काभ्रेका समाजसेवी नुरि च्याङबा लामाको अध्यक्षतामा संस्थाको गठन  भएको थियो ।

समाचार स्रोत :श्याम माम्बा तामाङ /तस्विर/भिडियो : निमा लामा

वि.सं.२०७४ मंसिर १८ सोमवार ११:११ मा प्रकाशित

Himalayan Life AD
अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिका । जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो...

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...