back

थाक्रे गाउँपालिकाले महिला सुरक्षित आवासगृह संचालन गर्ने

वि.सं.२०७४ मंसिर १८ सोमवार

516 

shares
IME Limited
NTC AD

१८ मंसिर, मलेखु (धादिङ) । थाक्रे गाउँपालिकाले आफैँले हिंसापीडित महिलाका लागि सुरक्षित आवासगृह संचालन गर्ने भएको छ ।

थाक्रे–२ समनटारमा सहयात्री समाजले संचालन गर्दै आएको महिला सुरक्षित आवासगृह गाउँपालिका आफैँले संचालन गर्न स्वामित्व लिएको गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले बताउनुभयो । विसं २०७२ को भूकम्पपछि समाजले संचालनमा ल्याएको आवासगृहमा हिंसापीडित महिलालाई राख्दै आएको थियो । अब गाउँपालिकाले सो केन्द्र संचालन गर्ने गरी आफ्नो अपनत्व लिएको समाजका कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी दिनुभयो ।
जिल्लामै पहिलो पटक गाउँपालिका आफैँले हिंसापीडित महिलाका लागि आवासगृह संचालन गर्न लागेको हो । समाजले गाउँपालिकाको नेतृत्वमा आवासगृह संचालनका लागि सहयोग गर्ने जनाइएको छ ।

वि.सं.२०७४ मंसिर १८ सोमवार ११:१५ मा प्रकाशित

आज थप चार प्रदेशमा फैलियो मनसुन

आज थप चार प्रदेशमा फैलियो मनसुन

काठमाडौं । नेपालमा १५ दिन अगावै भित्रिएर रोकिएको मनसुन आज...

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती...

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

काठमाडौं । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन...

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

बागमती । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु...

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

गोदावरी (कैलाली) । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२...

कौरा संरक्षण गर्न प्रतियोगिता

कौरा संरक्षण गर्न प्रतियोगिता

दमौली (तनहुँ) । जिल्लाको भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका...