back

नेपाली दूतावास कुवेतको सहयोगमा उपचार गराउँदै अम्मा कुमारी

वि.सं.२०७४ मंसिर १९ मंगलवार

453 

shares
IME Limited
NTC AD

amma-kumari

कुवेत । अबैधानिक बाटो हुँदै २ महिना अघी मात्र घरेलु महिला कामदारका रुपमा काम गर्नका लागि कुवेत आईपुगेकी बर्दियाकि अम्मा कुमारी हमाल समयमै कुवेतको एजेन्टले उपचार नगराउदा कुवेतको जाहारा अस्पातलमा अर्धचेत अवस्थामा उपचार गराइ रहेकी छिन ।

बर्दिया बेलुवा राझा ९७ घर भएकी अम्बा कुमारी नेपालकै एयरपोर्टबाट सेटिङ (एजेन्ट, अध्यागमन र प्रहरी तीन पक्षको सेटिङ) मा २ महिना अघी मात्र कुवेत आइपुगेकी हुन । उनलाई कुवेती मालिककोमा काम गर्नका लागि पठाइए पनि उनको पाठेघर(तल्लो पेट) अत्याधिक दुखेर महिनावारी हुँदा अत्याधिक रक्तश्रब भए पछी कुवेतको एजेन्टकोमा फिर्ता गरिएको थियो ।
तर, एजेन्टले उपचार गराउनको साटो आफन्तसंग सम्पर्क बिहिन बनाउदै १७ दिन सम्म कोठामै थुनेर राखेको थियो । पीडित अम्मा कुमारीकी दीदी मार्फत खबर प्राप्त गरेपछी नेपाली दूतबासले कुवेत प्रहरीको सहयोगमा उद्दार गरी कुवेतको जहरा अस्पातलमा भर्ना गरिएको छ ।

नेपाली दुताबासका सहचारी मनोज कुमार सिंहले भने ‘हामीले कुवेतको जाहारामा रहेको एजेन्सीको सेल्टरबाट कुवेत प्रहरीको सहयोगमा हमाललाई अस्पातल पु¥याएका हौ ।’
उनले एजेन्ट नेपाली वा अन्य कुन देशको हो भन्ने बारे अनुसन्धान भैरहेको र पिडितलाई अस्पातल लगेपछी केही सुधार भएको बताए । ‘अत्याधिक रक्तश्राब र लामो समयसम्म बन्धक बनाइएकोले त्रासका कारण पनि अम्मा कुमारी राम्रो सँग बोल्न नसक्ने र उनको दाहिने खुट्टा समेत चल्दैन ।’ सिहले थपे ‘हामी पीडितलाई सकेसम्म राम्रो स्वास्थ्य सेवा उपलब्ध गराउदै वास्तविकता पत्ता लगाउन तल्लिन छौ ।’
स्वास्थ्यमा सुधार आएपछी आबश्यक प्रकृया पुरा गरी हमाललाई नेपाल पठाइने र पिडाकलाई कारबाहीका लागि सम्बन्धित निकायमा खबर गरिसकिएको बताइएको छ ।

पीडितको दीदीले कुवेतमा कृयाशिल सृजनशिल युवा समाजका संस्थापक पुष्कर धामि,कृति गोले र नेपालमा दावा तामाङ लगायतलाई खबर गरेपछी पीडित बन्दक भएको खबर बाहिर आएको थियो ।

सृजनशिल युवा समाजका संस्थापक पुष्कर धामिले  भने ‘पीडितको चिन्ताजनकनै छ। उनी शुरमा छैनन भने शरीरको दायाँ भाग चल्दैन। अस्पातलले ब्रेन ट्युमर (दिमागमा रगत जमेको) भएको बताएको छ ।’ यसै बिच लालिगुरास सास्कृतिक परिवारका पुर्ब अध्यक्ष बिबी मल्लले डिसेम्बर९३ तारिक बेलुका सम्म हमालको राम्रो होस नआएको बताए।अम्मा कुमारीलाई हेर्ने नर्शहरुको भनाइ अनुसार क्रमिक रुपमा केही सुधार भए पनि उनको शरीरको दाँया भाग नचल्ने र एक्लै बर्बराउने मात्र गर्ने बिबी मल्लले बताए।

प्रारम्भिक जानकारी अनुसार सुर्खेत सहारे ९५ घर भइ हाल काठमाडौं टोखा बस्ने शशी राम खड्का मार्फत अबैधानिक बाटो हुँदै अम्मा कुमारी कुवेत आएकी हुन्।

वि.सं.२०७४ मंसिर १९ मंगलवार ०३:०३ मा प्रकाशित

एनआरएनए युकेको निर्वाचन अवैधानिक भएको गाहा मगरको आरोप

एनआरएनए युकेको निर्वाचन अवैधानिक भएको गाहा मगरको आरोप

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को आसन्न...

एनआरएनए युगान्डाको अध्यक्षमा रमा अर्याल निर्विरोध निर्वाचित

एनआरएनए युगान्डाको अध्यक्षमा रमा अर्याल निर्विरोध निर्वाचित

कम्पाला । गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाको २०२५–२०२७ कार्यकालको लागि...

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खाका...

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा ओम अधिकारीले उम्मेदवारी...