back

निर्वाचनले बढायो फूलको कारोबार, दैनिक पाँचकरोडको विक्रि

वि.सं.२०७४ मंसिर १९ मंगलवार

837 

shares

k"mn /]vb]v ub}{ Joj;foL ltxf/ cl3g} k"mn k"mn]sfn] lrlGtt kf]v/f–!& lj/f}6fsL Ps k"mn Joj;foL . tl:a/ M xl/ af:tf]nf, kf]v/f, /f;;

१९ मंसिर, काठमाडौँ । निर्वाचनका कारण अहिले दैनिक रु पाँच करोडसम्म फूलको कारोवार भएको छ ।

अन्य समयमा दैनिक रु दुई करोड फूलको कारोवार हुने गरे पनि निर्वाचन र बिवाह मौसम भएको हँुदा फूलको कारोवारमा वृद्धि भएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार कारोबार हुने फूलमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत हुन्छ ।

अन्य समयमा दैनिक प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने गरे पनि हरेक वर्ष फूलको माग बढेकाले स्वदेशी उत्पादनले मात्र धान्ने अवस्था भने छैन । अझै पनि १८ प्रतिशत फूल भारतबाट ल्याउनुपर्ने बाध्यता छ । घरदैलो, चुनावीसभामा नेताकार्यकर्तालाई लगाउनका लागि निर्वाचनका समयमा फूलको बढी प्रयोग भएको छ ।

अघिल्ला वर्षमा रु एक अर्ब ७१ करोडको वार्षिक कारोबार हुने गरेकामा चालु आवमा भने फूलको माग बढेकाले दुई अर्ब नाग्ने भएको छ । वार्षिकरुपमा सबैभन्दा बढी सयपत्री फूलको रु १० करोडको वार्षिक कारोबार हुने गरेको छ ।

यस वर्षको तिहारमा मात्रै देशभर गरी ११ लाख वटा मालाको कारोबार भएको छ । गत वर्ष तिहारमा आठ लाख मालाको कारोबार भएकामा यस वर्ष रु तीन लाख वृद्धि भएको छ जसमा नौ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बनेका थिए । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने बताइएको छ ।

तिहारमा मात्र वार्षिक रु सात करोडको फूलको कारोबार हुँदै आएको छ । त्यसैगरी करिब रु पाँच करोडको फूल वार्षिक रुपमा आयात हुने गरेको छ । खासगरी कात्तिकदेखि फागुनसम्मको महिनामा फूलको बढी खपत हुने गरेको एशोसिएसनका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिना बताउनुभयो ।

प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको छ । अष्टे«लिया र मलेसियामा नेपाली बसोबास गर्ने गरेकाले तिहारका समयमा ती देशमा मखमली फूल निर्यातसमेत हुने गरेको छ ।

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ । फूलको मागमा भएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प खेती तथा नर्सरी विस्तार भइसकेको छ ।

सो व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ६०० प्रजातिका फूल उत्पादन हुन्छ । व्यावसायिक रुपमा ४०० प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ । फूल विशेषगरी वैशाख, असार, असोज, कात्तिक, मंसिर, माघ र फागुन महिनामा बढी कारोबार हुने गरेको छ ।

वि.सं.२०७४ मंसिर १९ मंगलवार ०३:४८ मा प्रकाशित

Himalayan Life AD
एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टलमा

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टलमा

काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेडको नाममा रहेका...

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई...

नेपाल बैंकको ८९औं वार्षिकोत्सव समारोह सम्पन्न

नेपाल बैंकको ८९औं वार्षिकोत्सव समारोह सम्पन्न

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...