
२२ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यमा बझाङबाट वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार भैरब बहादुर सिंह विजयी भएका छन् ।
सिंहले ३४ हजार ६१२ मत ल्याएर जित हासिल गरेका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार पृथ्वी बहादुर सिंहले २६ हजार ९१० मत ल्याएका थिए ।
वि.सं.२०७४ मंसिर २२ शुक्रवार ०९:४६ मा प्रकाशित