२२ मंसिर, काठमाडौं । पाल्पा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार सोम प्रसाद पाण्डेको अग्रता देखिएको छ ।
प्रारम्भिक मतगणना परिणाम अनुसार पाण्डेले १९२४ मतसहित अग्रता कायम गरेका छन् भने नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद् हरि प्रसाद नेपालले १०५५ मत प्राप्त गरेको समाचार छ ।
२ वटा क्षेत्र रहेको पाल्पामा १ नं क्षेत्रमा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार दल बहादुर राना रहेका छन् नेपाली कांग्रेस र राप्रपा प्रजातान्त्रिकबाट विजय घिमीरे उम्मेदवार रहेका छन् ।
वि.सं.२०७४ मंसिर २२ शुक्रवार १२:१७ मा प्रकाशित






























