बाजुरा, २२ मंसिर : बिहीबारदेखि शुरु भएको मतगणनामा प्रदेशसभा ‘ख’मा वाम गठबन्धनका प्रकाश शाह विजयी हुनुभएको छ ।
शाह १८ हजार १७८ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पदमबहादुर शाहीले १४ हजार ९७७ मत ल्याउनुभएको छ ।