२४ मंसिर,सुर्खेत : सुर्खेतको क्षेत्र नं २ को प्रदेश (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का उम्मेदवार यामलाल कँडेल २१ हजार २८३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलराज रेग्मीले १५ हजार ९४७ मत प्राप्त गर्नुभयो ।
वि.सं.२०७४ मंसिर २४ आइतवार १४:४२ मा प्रकाशित






























