back

प्रतिश्प्रर्धीलाई झण्डै २० हजार मतले हराउँदै विजयी बनिन् विना

वि.सं.२०७४ मंसिर २५ सोमवार

372 

shares
IME Limited
NTC AD

bina-magar२५ मंसिर, काठमाडौं । आफ्ना प्रतिश्प्रर्धीलाई झण्डै २० हजार मतले हराउँदै कन्चनपुर १ बाट प्रतिनिधिसभा सदस्यमा विना मगर विजयी बनेकी छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेको वाम गठबन्धनबाट साझा उम्मेदवारी बनेकी नेकपा माओवादी केन्द्रकी नेतृ विना मगर आफ्ना प्रतिश्प्रधी नेपाली कांग्रेसका दिवान विष्टलाई झण्डै २० हजार मतले पराजित गर्दै विजयी बनेकी छन् ।
मगरले ३८ हजार ४६७ मत ल्याएर विजय बनेकी छन् भने विष्टले १९ हजार २१९ मत ल्याएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी समेत रहेकी नेतृ विना मगर चुनाव प्रचार प्रसारकै क्रममा कन्चनपुरमा रहेका बेला श्रीमान प्रकाश दाहालको हृदयघातबाट मृत्यु भएको थियो । श्रीमानको मृत्युको पीडा ठूलो भएपनि संविधान कार्यान्वयन र देशको समृद्धि त्यो भन्दा पनि ठूलो भएको भन्दै हिम्मत र साहस लिएर चुनावमा निरन्तर लागिपरेकी विना मगरले अन्तत ः सिंहदरबारको यात्रा तय गरेकी छन् ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०१:४६ मा प्रकाशित

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना...

सुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात...

अत्यधिक वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी आसापास क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

अत्यधिक वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी आसापास क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

काठमाडौं । असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना...

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन...