back
CTIZAN AD

जुम्लामा समानुपातिक मतमा माओवादीको अग्रता

वि.सं.२०७४ मंसिर २५ सोमवार

636 

shares
फाइल फोटो
फाइल फोटो

२५ मंसिर, जुम्ला । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भएको मतगणनाको अन्तिम परिणामअनुसार जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ ।

शनिबार बिहान १० बजे शुरु भई आइतबार राति ११ बजे सम्पन्न मतगणनामा दुवैे तहको समानुपातिक निर्वाचन प्रणालीमा माओवादी केन्द्र पहिलो भएको छ । जसले प्रतिनिधिसभातर्फ १० हजार ९८८ मत प्राप्त गरेको छ । दोस्रो नेपाली काँग्रेस र तेस्रो स्थानमा नेकपा (एमाले) ले मत प्राप्त गरेका छन् । क्रमशः नेपाली काँग्रेसले १० हजार ९२९ र एमालेले भने १० हजार ६९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए ।

उनका अनुसार दुई हजार ४०३ मत ल्याएर नेपाल मजदुर किसान पार्टी चौथो र एक हजार ५८१ मत प्राप्त गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँचौँं स्थानमा पुगेको छ । क्रमशः राप्रपा (राष्ट्रवादी) नयाँ शक्तिलगायतका पार्टी रहेको उनले बताए ।

खसेको जम्मा ४१ हजार ४५६ मतमा प्रतिनिधिसभातर्फ ३९ हजार ८२ सदर प्रदेशसभातर्फ ३७ हजार ५०९ सदर भएको छ । प्रतिनिधिसभातर्फ दुई हजार ३७४ मत बदर भएकोमा प्रदेशसभामा त्यसको झण्डै दोब्बर तीन हजार ९४७ मत बदर भएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जुम्लाबासीले २३ दललाई मतदान गरेको बताइएको छ ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०३:०४ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...