back

विजुक्छेको विरासत जोगाउँदै सुवाल १५ हजार बढी मत ल्याएर विजयी

वि.सं.२०७४ मंसिर २५ सोमवार

555 

shares
IME Limited
NTC AD

prem-suwal

२५ मंसिर, काठमाडौं । भक्तपुरमा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
भक्तपुरको क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका प्रेम सुवालले ३३ हजार ७६ मत प्राप्त गरेर विजयी बन्दा नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार ७१८ मत ल्याएका छन् । साथै बामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका मिलन सुवालले १५ जार ३७४ मत प्राप्त गरेका छन् ।
युवा पुस्तालाई अबसर दिनका लागि आफू चुनावमा नउठेको र युवालाई नै शक्ति हस्तान्तरण गरेको बताएका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको सपना सुवालको जितसँगै पूरा भएको छ । यस अघि बिजुक्छे प्रत्यक्षमा  विजयी हुँदा सुवाल समानुपातिक सूचीमा रहँदै आएका सुवाल अहिले  प्रत्यक्षमा विजयी भएका छन् ।

सुवालले अब पार्टी अध्यक्ष विजुक्छेको विरासत थाम्दै जाने राजनीतिक विश्लेषकहरु बताउँछन् । साथै विजुक्छेको यो निर्णय अन्य राजनीतिक पार्टीलाई पनि उदाहरणका रुपमा देखा परेको छ ।

वि.सं.२०७४ मंसिर २५ सोमवार १०:२४ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई...

समाचार अपडेट : १०० जनाको शव निकालियो

समाचार अपडेट : १०० जनाको शव निकालियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनापछि बस्ने भएको...

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा...