Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

काभ्रेपलाञ्चोकका सबै स्थानमा वाम गठवन्धन विजयी



uml&ucpn

२५ मंसिर, बनेपा (रासस) : काभ्रेपलाञ्चोकको सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । दुई निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का गंगाबहादुर तामाङले (दोङ) ४३ हजार ६३१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका तीर्थ लामाले ३९ हजार ६०५ मत प्राप्त गर्नुभयो ।

सोहि क्षेत्रअन्र्तगत प्रदेशसभा सदस्य (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का रत्नप्रसाद ढकालले २५ हजार १०६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी चन्द्रबहादुर तामाङले १७ हजार ८५५ मत प्राप्त गर्नुभयो ।

प्रदेशसभा सदस्य (ख) मा वाम गठबन्धनबाट एमालेका चन्द्र लामा २४ हजार ४७७ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका गणेश लामाले २० हजार २७० मत प्राप्त गर्नुभयो ।

क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमालेका गोकुल बाँस्कोटा विजयी हुनुभएको छ । उहाँले काँग्रेसका मधुप्रसाद आर्चायलाई १७ हजार ८४८ मतान्तरले पराजित गर्नुभयो । बाँस्कोटाले ५४ हजार ४२७ मत ल्याएर विजयी हुँदा आचार्यले ३६ हजार ५७९ मत प्राप्त गर्नुभयो ।

सोहि क्षेत्रअन्तर्गत प्रदेशसभा सदस्य (क) मा वाम गठवन्धनबाट एमालेका लक्ष्मण लम्साल २७ हजार ६२१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका सुन्दरमणि आर्चायले १६ हजार ५८९ मत प्राप्त गर्नुभयो ।

प्रदेशसभा सदस्य (ख) मा वाम गठबन्धनबाट एमालेका बसुन्धरा हुमागाईँले २८ हजार ६७७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका कञ्चनचन्द्र वादेले २१ हजार ७८० मत प्राप्त गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्