Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

 कैलाली १ बाट रेशम चौधरी भारी मतले विजयी



resham-choudhary

२६ मंसिर, काठमाडौ । कैलाली १ बाट प्रतिनिधिसभा सदस्यका लागि राजपाका रेशम चौधरी भारी मतसहित विजयी भएका छन् ।
प्रहरीको फरार सूचिमा रहेका चौधरीले भूमिगत रहेर नै भारी मतसहित चुनाव जितेका हुन् ।
चौधरीले १४ हजार ३४१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी बाम गठबन्धनका उम्मेदवार बनेका एमालेकी मदन कुमार शाह (गरिमा) ले १३ हजार ४०६ मत प्राप्त गरेकी थिइन् । त्यस्तै कांग्रेसकी ईश्वरा न्यौपानेले ११ हजार २०३ मत ल्याएकी थिइन् ।
२०७२ भदौमा कैलालीको टिकापुरमा भएको थारु आन्दोलनका क्रममा डेढ वर्षीय बालक सहित आठ सुरक्षाकर्मीको सामुहिक हत्या भएको थियो । त्यहि घटनाका मुख्य आरोपि मानिएका चौधरी फरार अभियुक्तको सूचीमा रहेका छन् । उनले वारेसनामामार्फत उम्मेदवारी दिइएको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्