२६ मंसिर , कञ्चनपुर । कञ्चनपुरको प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्र र प्रदेशसभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका बिना मगर ३८ हजार ४६४ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह बिष्टले १९ हजार २१९ मत ल्याउनुभयो ।
सोही निर्वाचन क्षेत्रको प्रदेशसभा क मा एमालेका तारालामा तामाङले २० हजार १५ मत प्राप्त गरी ल्याई विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गोपाल गुरुङले नौ हजार २९० मत प्राप्त गर्नुभयो ।
प्रदेशसभा ख सदस्यमा एमालेका कुलवीर चौधरीले १६ हजार १५८ मत प्राप्त गरी विजयी हुुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रामलाल रानाले १० हजार २२३ मत प्राप्त गर्नुभएको थियो ।
निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा एमालेका नरबहादुर धामीले ३३ हजार २२० मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका नारायणप्रकाश साउदले २४ हजार ८९३ मत प्राप्त गर्नुभएको थियो ।
सोही निर्वाचन क्षेत्रको प्रदेशसभा क मा माओवादी केन्द्रका महेशदत्त जोशीले १७ हजार ६७२ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुष्करराज ओझाले १२ हजार ४६२ मत प्राप्त गर्नुभएको थियो । प्रदेश सभा ख मा एमालेका लालबहादुर खड्काले १६ हजार ३८५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बहादुरसिंह थापाले ११ हजार ८५१ मत ल्याउनुभयो ।
निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यमा एमालेका डा दीपकप्रकाश भट्ट २६ हजार ३६४ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश लेखकले २६ हजार १०६ मत प्राप्त गर्नुभएको थियो ।
सोही निर्वाचन क्षेत्रको प्रदेशसभा सदस्य क मा एमालेका प्रकाश रावलले १२ हजार ८१७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी यज्ञराज जोशीले १२ हजार ७५४ मत प्राप्त गर्नुभएको थियो ।
प्रदेश सभा ख मा माओवादी केन्द्रका मानबहादुर सुनारले १३ हजार ७०० मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बेलबहादुर राना मगरले १३ हजार ५३९ मत प्राप्त गर्नुभएको थियो ।
वि.सं.२०७४ मंसिर २६ मंगलवार ०५:१५ मा प्रकाशित